शाश्वतधाममा ल्याइयो श्रीलंकाबाट बुद्धको अस्तु



काठमाडौं ।  सनातन धर्मको प्रख्यात धार्मिक सम्पदा शास्वत धाममा श्रीलंकाबाट भगवान गौतम बुद्धको अस्तु ल्याइएको छ । उक्त अस्तु शाश्वतधाममानिर्माण गर्न लागिएको बुद्धिष्ट सेन्टरमा राखिनेछ ।

बुद्धिष्ट सेन्टर स्थापना हुनुअघि भक्तजनहरूको दर्शनका लागि शाश्वतधाममा विशेष मण्डप तयार गरि अस्तु राखिएको छ ।अस्तु दर्शनका लागि अहिले बौद्ध र हिन्दु धर्माबलम्बिहरुको भिड लागेको छ । धाममा राखिएको अस्तुलाई श्रीलंकावाट आएका भिक्षुहरुको टोलीले विधि पूर्वक दैनिक पुजा अर्चना गरिरहेका छन् ।

श्रीलंकाको राजधानीकोलम्बो नजिकैको २६ सय बर्ष पुरानो राजमायाबिहारवाटउक्त अस्तु नेपालको शाश्वतधामल्याइएको हो । विश्वभरकाबौद्धधर्मावलम्वीहरूकावीचउक्तविहार निकै प्रतिष्ठित मानिन्छ ।
बौद्ध भिक्षु खेम्पो पेमा सम्बालामालेभगवान बुद्धको अस्तुलाई प्राणीको उद्धार गर्नका लागि साक्षात भगवान मानिने भएकाले बुद्ध धर्ममा यस्को सबैभन्दा उच्च महत्व रहेको बताए ।

राजामाया बिहारका जनका ईडिरेसंघेले भगवान बुद्धका अनुयायिहरुले अस्तु (बुद्धको खरानी) रहेको स्थानलाई साक्षात् भगवान बुद्धको स्वरुपका रुपमा श्रद्धा गर्ने बताए ।

मंगलबार शाश्वतधाम परिसरमा बुद्धिष्ट सेन्टरको शिलान्यास गरिएको छ । श्रीलंका, लुम्बिनीस्थित श्रीलंकागुम्बा र दाउन्नेमा रहेको बौद्ध गुम्बाका भिक्षुहरुबाट विधिपूर्वक बुद्धिष्ट सेन्टरको शिलान्यास गरिएको हो । आगामी बैशाख पूर्णिमाकादिनउक्त सेन्टरको उद्घाटन गर्ने लक्ष्य राखिएको छ । बुद्धिष्ट सेन्टर संचालनमा आएपछि भक्तजनहरूले सोही स्थानमा अस्तुको दर्शन गर्न पाउनेछन् ।

गत शुक्रवार श्रीलंकावाट त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलहुदै काठमाडांै ल्याइएको अस्तुलाई एक रात काठमाडौंको एक चैत्यमा राखीशनिवार शाश्वतधाममा पु¥याइएको हो ।

भरतपुर बिमानस्थलवाटशाश्वतधाममाअस्तु ल्याइदाबौद्ध परम्परा अनुसारबिषेश पुजाअर्चनागरिएको थियो ।


क्लिकमान्डु