होटल र टेलिकम बाहेकका सुचकको नयाँ सरकारलाई ‘लाल सलाम’




काठमाडौं । नयाँ सरकार गठन भएपछिको कारोबार हुने तेस्रो दिन पुँजी बजार दोहोरो अंकले घटेको छ । एमाले र माओबादी केन्द्रको संयुक्त सरकार गठनको दिन गत बुधबार ३६ अंकले बढेको नेप्से परिसुचक गत आइतबार पनि ११ अंकले घटेको थियो ।

सोमबार सार्बजनिक बिदा परेको कारण नखुलेको बजार मंगलबार दोहोरो अंकले नै अर्थात १७.१८ अंकले घटेको छ । अन्य उपसुचक घटेपनि होटल र नेपाल टेलिकम सहितको अन्य समुह भने सामान्य बढेका छन् ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले दिएको जानकारी अनुसार मंगलबार १६० कम्पनीका १० लाख १९ हजार ६९० कित्ता सेयर ४० करोड ५८ लाख रुपैयाँमा खरिद विक्री भएका छन् ।

सो दिन बैंकिङ समुह १५.३९ अंकले, ट्रेडिङ समुह ३ अंकले, विकास बैंक समुह १८.२८ अंकले, जलविद्युत समुह २५.४२ अंकले, फाइनान्स कम्पनी समुह २.८८ अंकले, बीमा कम्पनी समुह ११०.५६ अंकले, उत्पादनशील समुह ५०.२६ अंकले र माइक्रो फाइनान्स समुहको सुचक ३७.५१ अंकले घटेका हुन् ।

होटलको सुचक ३.३५ अंकले र अन्य समुहको सुचक ०.३८ अंकले बढेका छन् ।

सो दिन प्रोग्रेसिभ फाइनान्स, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी हिमालयन डिष्ट्रिलरीका लगानीकर्ताले कमाएका छन् भने समिट माइक्रो फाइनान्स, बोटलर्स नेपाल, अरुण काबेली पावर कम्पनी, नेसनल माइक्रोफाइनान्स कम्पनी लगायतका लगानीकर्ताले गुमाएका छन् ।


क्लिकमान्डु