एशिया प्रशान्त क्षेत्रीय संचालन प्रविधि सम्मेलन शुरु



काठमाडौं । एशिया प्रशान्त क्षेत्रीय संचालन प्रविधि सम्मेलन (एप्रिकोट) नेपालमा सोमबारदेखि शुरु भएको छ । एशिया प्रशान्त इन्टरनेट संघ र एशिया प्रशान्तर नेटर्वक सूचना केन्द्रले स्थानीय सहयोगी इन्टरनेट एक्सचेन्ज नेपालसँगको सहकार्यमा सो सम्मेलन आयोजना गरेको हो ।

दश दिनसम्म आयोजना हुने सो सम्मेलनमा विश्वभरबाट करिब ९ सय भन्दा बढि सहभागी रहेका छन् ।

सम्मेलनमा एपिनिक सदस्यहरुको छलफल र साधारण सभा, दक्षिण एशियाली नेटवर्क संचालक समूहका साथै नेटवर्क सुरक्षाका क्षेत्रमा क्रियाशिल फस्र्ट, एपसर्ट तथा अन्य एशिया प्रशान्त क्षेत्रका इन्टरनेट संगठनहरुको सहभागीता रहेको छ ।

सम्मेलनमा नेपालको तर्फबाट ताररहित प्रविधिका अभियन्ता तथा राष्ट्रिय आविश्कार केन्द्रका परिकल्पनाकार डा. महाविर पुनले आफ्नो अनुभव तथा स्मार्टसिटिको बारेमा धारणा प्रस्तुत गर्नेछन् ।

एप्रिकोट सम्मेलनमा आईओटी सम्बन्धी कार्यशाला, ताररहित सेन्टर, सुरक्षा, राउटिङ नेटर्वक व्यवस्थापन, सेक्योर राउटिङ, सफ्टवेयर डिफाईन्ड नेटवर्किङ एण्ड नेटवर्क फंग्सन भच्र्यूअलाइजेसनलगायतका प्रविधिक विषयहरुमा छलफल हुने आयोजकले जानकारी दिएको छ ।


क्लिकमान्डु