ललितपुरका १०९ ठेकदारले तिरेन् भ्याट
काठमाडौं । ललितपुरका ठेकदारले मूल्य अभिवृद्धि कर (भ्याट) नतिरर्ने गरेको पाइएको छ । आन्तरिक राजस्व कार्यालय, ललितपुरले संयुक्त उपक्रम (जेभी)ले भ्याट नतिरेको सार्वजनिक सूचना मार्फत जानकारी दिएको छ ।
कार्यालयका अनुसार १ सय ९ वटा जेभीले भ्याट तिरेका छैनन् । कार्यालयले फागुन २८ गते भित्रमा कर बक्यौता वापत सम्पूर्ण रकम तिर्न भनेको छ । सो मितीसम्म रकम नबुझाउने कम्पनीलाई मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा २१ बमोजिम प्रक्रिया अपनाई मुख्य साझेदार र सम्बद्ध साझेदारहरुमध्येबाट अशुल उपर गर्न ऐनको दफा १०ख.(४) बमोजिम कार्यालय बाध्य हुने सूचनामा उल्लेख छ ।