आइएमई जनरल इन्स्योरेन्सको शाखा दाङको घोराहीमा



काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले दाङको घोराहीमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ ।

उक्त शाखाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, केन्द्रिय सदस्य भरतराज आचार्य र धु्रवराज श्रेष्ठ भारीले संयुक्तरुपमा गरेका थिए ।

शाखाको उद्घाटन गर्दै ढकालले कम्पनीको उत्तरोत्तर प्रगतीको कामना गर्दै ग्राहकहरुलाई सर्वसुलभ तरिकाले बीमा सेवा प्रदान गर्दै निर्जीवन बीमाको क्षेत्रमा एक अग्रणी बीमा कम्पनीको रुपमा स्थापित हुन सकोस भनि शुभकामना दिएका थिए ।

त्यसैगरी स्थानिय उद्योगी व्यपारी लगायत बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरुलाई आाइएमई जनरल इन्स्योरेन्ससंग आफनो व्यावसाय तथा सम्पत्तीको बीमा गराएर उच्चकोटीको सेवा लिन पनि उनले आग्रह गरे ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभरीनै शाखा सञ्जाल विस्तार गरी ग्राहकलाई सरल, छिटो तथा विश्वसनिय सेवा प्रदान गर्न कटिबद्ध रहेको बताएका थिए ।

कम्पनीको २७ वटा शाखा, ४ वटा उपशाखा कार्यालय तथा १० वटा सेवा काउण्टरहरु र प्रधान कार्यालय सहित ४१ स्थानबाट सेवाग्राहीहरुलाई आफ्नो सेवा प्रदान गर्दै आएको छ ।

कम्पनीका नायव महाप्रबन्धक शरण रेग्मीले कम्पनीले आफ्ना ग्राहकलाई सहज बीमा सेवा प्रदान गर्नको लागि सार्वजनिक विदाको दिनमा पनि बीमा सेवा प्रदान गर्ने गरी प्रधान कार्यालयन नक्शालबाट ३६५ दिने बीमा सेवा दिइरहेको जानकारी दिएका थिए ।


क्लिकमान्डु