आफ्नो पुरानो रेकर्ड आफै तोड्दै युएईले बनायोे ७५ तले होटल ‘गेबोरा’



काठमाडौं । दुबईमा विश्वकै अग्लो होटल निर्माण भएको छ । विश्वकै अग्लो भवन बुर्ज खलिफा (८२८मिटर) पनि दुबईमा नै रहेको छ ।
दुबईमा खुलेको विश्वकै अग्लो होटलको नाम हो गेबोरा । उक्त होटलको उचाई ३ सय ५६ मिटर रहेको छ । यसभन्दा अघि पनि विश्वकै अग्लो होटल दुबईमा नै थियो ।

होटल गेबोरा बनाएर दुबईले आफ्नो अघिको रेकर्डलाई आफैले तोडेको छ । यो भन्दा पहिले विश्वकै अग्लो होटल जेडब्लू म्यारिएट मार्किसको उचाई ३ सय ३३ मिटर रहेको थियो । जेडब्लू म्यारिएट मार्किसको निर्माण २०१३ मा भएको थियो ।

होटल गेबोरा सुन जस्तै चम्किन्छ । ७५ तला भएको होटलमा ५ सय २८ कोठा रहेका छन् । सबै कोठालाई विशेष किसिमबाट सजाइएको छ । यसको निर्माण मिजद अल अत्तरले गरेको हो ।

दुबईले सन् २०२० सम्ममा बार्षिक २ करोड पर्यटक भित्र्याउने लक्ष्यका साथ पूर्वाधार निर्माणमा जोड दिदै आएको छ ।


क्लिकमान्डु