जिरो डाउन पेइमेन्टमा माइक्रोम्याक्सका मोवाइल फोन



काठमाडौं । माइक्रोम्याक्स ब्राण्डको नेपालको लागिआधिकारिक बिक्रेतापशुपति ट्रेड लिंकसँगको सहकार्यमा इजिमोवाइल कियरले माइक्रोम्याक्स क्यानभास इन्फिनीटि मोवाइलफोन सरल किस्ताबन्दिमा उपलब्ध गराउने भएको हो ।

कम्पनीले हाल नेपाली बजारमा लोकप्रिय मोडल एचएस२ सुरुमा पैसा नलिइ मासिक किस्तामा उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ ।

यो योजना अन्र्तगत ग्राहकहरुले माइक्रोम्याक्सका सबै मोडलका मोवाइल फोनहरु ० प्रतिशत डाउन पेमेन्टमा बिना ब्याज खरिद गर्न सक्ने कम्पनीले जानकारी दिएको छ । किस्ताबन्दीको अवधि ६ महिना, १२ महिना र १८ महिनासम्म रहने छ ।


क्लिकमान्डु