फागुन २ गते विज्ञान प्रविधि स्टिम च्यालेन्ज हुने



काठमाडौं । काठमाडौं उपत्यका र काभ्रेका निम्‍न माध्यमिक विद्यालय तथा माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई लक्षित गरी विज्ञान,प्रविधि इन्जिनियरिङ, कला र गणित क्षेत्रमा सामूहिक सिकाइको प्रवर्द्धन गर्न ‘भविष्य’ नामक राष्ट्रिय स्टिम च्यालेन्ज प्रतियोगिता हुने भएको छ। प्रतियोगिता फागुन २ गते बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सेना शारीरिक प्रशिक्षण र खेल केन्द्र लगनखेल, ललितपुरमा आयोजना हुँदैछ।

सोमबार विज्ञान तथा प्रविधि मन्त्रालय, विज्ञा तथा प्रविधि प्रतिष्ठान ९नास्ट०, रोबोटिक्स एशोसिएशन अफ नेपाल, कारखाना र नेपाल इन्‍नोभेशन ल्याबले संयुक्त रुपमा पत्रकार सम्मोलन गरी फागुन २ गते उक्त प्रतियोगिताको आयोजना गर्न लागिएको जानकारी दिएको हो।

पत्रकार सम्मेलनमा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव संजय शर्माले विज्ञान प्रविधिलाई व्यहारमा उतार्न कल्‍पना, तर्क र चेतनासहितका नयाँ सोचबारे खोज गर्न विद्यार्थीहरुलाई प्रोत्साहित गर्न भविष्य नामक प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिए।

‘स्कुले विद्यार्थीहरुहरु बिरलै पाठ्यपुस्तक बाहिर जाने साना र थोरै विज्ञान प्रदर्शनीहरुमा मात्र सिमित हुने गरेका छन्, अब यसलाई सही समयमा परीक्षण गरी भविष्‍यको कर्णधारलाई विज्ञान प्रविधिको बाटोमा डोर्‍याउने बेला आएको छ,’ शर्माले भने ।

यस्तै रोबटिक्स एशोसिएशन अफ नेपाल, कारखानाका सह(संस्थापक एवं कार्यकारी निर्देशक पवित्र गौतमले स्कुलका विद्यार्थीभित्र लुकेर रहेका प्रतिभालाई उजागर गर्न यो प्रतियोगिताले आयोजना गर्न लागिएको बताए।

प्रतियोगितामा काठमाडौं उपत्यकाभित्र करीब १सय १० भन्दा धेरै विद्यालयबाट १ सय ८० प्रतियोगी टोलीहरु सहभागी हुँदै छन् छन् । ८ वर्षदेखि ११ र १२ वर्षदेखि १४ वर्ष उमेर समूहका विद्यार्थीहरुले प्रतिस्पर्धामा भाग लिन पाउने छन्।
प्रतियोगितामा ७ सयदेखि ८ सय विद्यार्थीहरु सहभागी हुने आयोजकले अपेक्षा लिएका छन् ।

१० भन्दा बढी विधामा ७० जना विद्यार्थी पुरस्कृत गरिने पनि आयोजकले जानकारी दिएका छन् ।


क्लिकमान्डु