माथिल्लो कर्णालीको प्रवद्र्धक भारतीय कम्पनी जिएमआरको सुर्खेत कार्यालयमा बम विस्फोट



काठमाडौं । माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको प्रवद्र्धक भारतीय कम्पनी जिएमआरको सुर्खेत कार्यालयमा शनिबार राती अज्ञात समूहले बम विस्फोटन गराएको छ ।

कम्पनीका एक कर्मचारीकाअनुसार सुर्खेत वीरेन्द्रनगर नगरपालिकाको खजुरास्थित माथिल्लो कर्णाली जलविद्युत आयोजनाको कार्यालयमा शनिबार राती करिब १० बजेतिर नचिनेका मान्छेको समूहले बम विस्फोटन गराएको थियो ।

उक्त समूहले प्रहरी सुरक्षार्थ बसेको पोष्टमै बम विष्फोट गराएको हो । बम विस्फोटबाट कार्यालय बाहिरको पर्खालमा क्षति पुगेको छ ।

कार्यालयको सुरक्षार्थ खटिएका प्रहरीले भने आफुले विस्फोटपछि के भयो केही थाहा नपाएको बताएका छन् । घटनामा संलग्न भएको आशंकामा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

आयोजना निर्माणमा ढिलाई भइरहेको छ भने नेत्र विक्रम चन्द, मोहन वैद्य, राष्ट्रिय जनमोर्चालगायतले आयोजना राष्ट्रघाती भएको आरोप लगाउँदै आएका छन् ।


पुष्प दुलाल