किन बैजनी कलरमा आउँदै छ सामसुङ ग्यालेक्सी एस-९, यस्ता छन् विषेशता



काठमाडौं । सामसुङले ग्यालेक्सी एस-९ र एस-९ प्लस आगामी फेब्रुवरी २५ मा सार्वजनिक गर्ने भएको छ ।

सामसुङ ग्यालेक्सीको एस-९ र एस-९ प्लस लन्च हुने दिन नजिकिँदै गर्दा यसको फोनसेट बैजनी रंगमा लन्च हुने भएको हो । किन बैजनी कलरमा सार्वजनिक गर्दै छ भन्नेकुरा कम्पनीले अहिलेसम्म निकै गोप्य राखेको छ ।

यस्ता छन् विषेशता
सो स्मार्ट फोनमा डवल फ्रन्ट क्यामरा राखिएको छ । यो स्मार्टफोन कालो, खैरो र निलो रंगमा उपलब्ध गराइने कम्पनीले जानकारी दिएको छ ।
कम्पनीका अनुसार एस-९ प्लसको सेटमा अगाडी डुवल रियर क्यामरा राखिएको छ भने एस-९ मा भने सिंगल रियर क्यामरा राखिएको छ ।
यस्तै दुबै मोबाइल सेटमा फिंगर प्रिन्ट सेन्सर राखिएको छ । यो फोन अनलक गर्नको लागि तपाईको फिंगरको आवश्यक पर्ने भएकाले तपाईको मोवाइल सुरक्षित रहने कम्पनीको दाबी छ ।

एस-९ मा ४ जीबी र्याम र एस-९ प्लसमा ६ जीबी र्याम भएको अनुमान गरिएको छ ।


क्लिकमान्डु