सामसङ ग्यालेक्सी ट्याब ए ७.० नेपाली बजारमा



काठमाडौं । इलेक्ट्रोनिक्स निर्माता कम्पनी सामसङले ग्यालेक्सी सिरिजमा ट्याव ए नेपाली बजारमा प्रस्तुत गरेको छ ।

ग्यालेक्सी ट्याब ए पूर्ण रुपमा इन्टरटेनमेन्ट डिभाइस भएको र फोरजीकासाथ परिस्कृत गरिएको उच्चस्तरीय डिस्प्ले तथा उत्कृष्ट ब्याट्रिको क्षमताले गर्दा यसले इन्टरटेनमेन्टको लागि सम्पूर्ण आवश्यकता पूरा गर्ने कम्पनीले जानकारी दिएको छ ।

आकर्षक स्लीम डिजाइन, राउन्ड एज तथा नन् स्लीप प्याटर्नले गर्दा यो प्रयोग गर्न सहज छ । यसलाई जस्तो सुकै अवस्थामा पनि एक हातमा सहजै लिन सकिन्छ । एचडि डिस्प्लेको करणले उत्कृष्ट दृश्यको अनुभव प्राप्त हुने छ । यो आफैमा एक पावर हाउस हो यसमा लामो समयसम्म चल्ने ४००० एमएएच व्याट्री राखिएको छ, जसले भिडियो प्ले व्याक प्रयोग गर्दा पनि ९ घण्टासम्म निरन्तर चलाउन सकिने कम्पनीको दाबी छ ।

‘ग्यालेक्सी ट्याव ए मा सुधारिएको शानदार डिस्प्ले, पावरफुल परफर्मेन्स तथा मल्टीमिडिया एक्स्पीरियन्सको राम्रो समिश्रण रहेको छ । यो क्वालिटि इन्टरटेनमेन्ट एक्सपिरियन्स खोज्ने ग्राहकहरुका लागि उत्कृष्ट छ,’ सामसङ नेपालका प्रमुख प्रणय रत्न स्थापितले भने ।

यो ट्याबमा “किड्स मोड” को सुविधा उपलब्ध रहेको छ, यो एउटा यस्तो डिजिटल प्ले ग्राउन्ट हो जुन पूर्ण रुपमा सुरक्षित छ र किड्स मोडमा अविभावक तथा बच्चाहरुको लागि एक लाइब्रेरी रहेको छ, जुन एजुकेशनले गेमहरुद्वारा सुसज्ज्ति छ ।

यो फोनलाई कुनै निश्चित समय सम्मको लागि वा कुनै एपलाई नियन्त्रित गर्न सकिन्छ । यसरी अभिभावकले आफ्ना बालबच्चाहरुलाई खास विषयमा केन्द्रित राख्न सक्नुहुन्छ । साथै एपमा विताउने समयको निर्धारण पनि सहजै गर्न सकिने कम्पनीको भनाई छ ।

१.५ गिगाहर्जको क्वाड कोर प्रोसेसर, १.५ जीबीको ¥याम तथा ८ जीबीको आन्तरिक स्टोरेज ( माइक्रो एस डि कार्डको प्रयोग गरी २०० जिबि सम्म बढाउन सकिने) तथा ५ मेगा पिक्सलको एएफ रियर क्यामरा राखिएको छ, जसले सफा एवं स्पर्ट फोटो खिच्न सकिन्छ । यसका साथै यसमा २ मेगा पिक्सलको फ्रन्ट क्यामरा रहेको छ ।

ग्यालेक्सी ट्याब ए नेपाली बजारमा १५ हजार ९ सय रुपैयाँमा उपलब्ध रहेको छ । यो ट्याबलेट दुई आकर्षक रंगहरु ह्वाइट तथा तथा ब्ल्याकमा उपलब्ध हुनेछ ।

ग्यालेक्सी ट्याब ए नेपालभर सामसङका आधिकारिक ब्राण्ड स्टोरहरुमा यहि माघ २३ गतेदेखि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।


क्लिकमान्डु