नेपाल टेलिकमका सेवाहरुमा विभिन्न अफर, तपार्इँलार्इ कुन चाहिन्छ छान्नुहोस्



काठमाडौै । नेपाल टेलिकमले चौधौं वार्षिकोत्सवको अवसरमा विभिन्न सेवा तथा सुविधाहरु आफ्ना ग्राहकहरुलाई दिने घोषणा गरेको छ । कम्पनीले अाफ्ना सबैजसो सेवाहरुमा विभिन्न छुट तथा अफरहरु ल्याएको छ ।

यस्तो छ अफरहरु

चौधौं वार्षिकोत्सवको अवसरमा कम्पनीले एडिएसएल सेवाको गति माघ २५ गतेदेखि ५ मेगाबाईट प्रतिसेकेण्ड पुर्याएको छ भने क्रस बण्डलिंगमा तीन महिनासम्मका लागि एडिएसएल सेवामा रिचार्ज गर्दा जीएसएम वा सिडिएमएमा डाटा बोनस उपलब्ध गराउनेछ ।

त्यसैगरि पोस्टपेड ग्राहकहरुलाई मात्र दिँदै आएको सीयूजी सेवा अब प्रिपेड ग्राहकहरुलाई पनि उपलब्ध गराउनेछ ।

कम्पनीले जीएसएम सेवातर्फ माघ २३ गतेदेखि फागुन ८ गतेसम्मका लागि अनलिमिटेड नाइट भ्वाइस प्याकेज ३ दिनका लागि ३५ रुपैयाँ कायम गरेकोछ ।

अनलिमिटेड अल टाइम डाटा प्याकेज कुनैपनि समय प्रयोग गर्न सकिने २४ घण्टाका लागि ५० रुपैयाँ शुल्क तोकेको छ ।

अनलिमिटेड नाइट डाटा प्याकेज एक रातको लागि १५ रुपैयाँ निर्धारण गरेको छ ।

टेलिकमले रिचार्जतर्फ माघ २३ गतेदेखि २९ गतेसम्म बोनस दिने भएको छ ।

जसमा ५० रुपैयाँदेखि २ सय रुपैयाँसम्म १० प्रतिशत बोनस छ भने ५ सय र १ हजार रुपैयाँको बोनसमा १५ प्रतिशत बोनस दिने भएको छ ।

ल्याण्डलाइन सेवाग्राहीहरुका लागि पनि फागुन महिनामा थप २५ कल बराबरको रकम छुट दिने घोषणा गरेको छ ।

कम्पनीले माघ २५ गतेदेखि वैशाख २५ गतेसम्मको लागि छिमेकी राष्ट्र भारतमा कल गर्न २ रुपैयाँ २२ पैसादेखि २ रुपैयाँ ३३ पैसा प्रति मिनेटसम्मको अफर ल्याएको छ ।

कम्पनीले अन्तराष्ट्रिय आगमन कल प्राप्त गर्ने ग्राहकहरुलाई पनि प्रत्येक ७ दिनमा ७ मिनेटभन्दा बढि कल आएमा कम्पनीको नेटवर्कभित्र कल गर्न तथा एसएमएस गर्न बोनस दिने भएको छ ।

कम्पनीले फाइबर टू होम सेवा प्रबर्धन गर्न माघ २५ गतेदेखि वैशाख २५ गतेसम्म एफटिटिएस सेवाका व्यक्तिगत तथा कर्पोरेट ग्राहकहरुलाई विभिन्न अफरहरु दिने भएको छ ।


क्लिकमान्डु