कुलमान र दुलालले कस्लाई गर्दा रहेछन् यति धेरै फोन ?



काठमाडौं । नेपाल टेलिकमले मोबाइल फोनमा सबैभन्दा धेरै खर्च गर्ने ग्राहकहरुलाई सम्मान गरेको छ । टेलिकमले वार्षिकोत्सव कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई मोबाइल प्रयोगमा धेरै खर्च गर्ने ग्राहकहरुको रुपमा सम्मान गरेको हो ।

टेलिकमको पोष्टपेड सेवाग्राहीमध्ये सबैभन्दा धेरै रकम नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गरेका छन् । उनले गतवर्ष १ लाख ९७ हजार रुपैयाँ भन्दा बढि रकम मोबाइलमा खर्च गरेका छन् ।

त्यसैगरी प्रिपेड मोबाइल सेवाग्राहीमध्ये सबैभन्दा धेरै रकम खर्च गर्नेमा पत्रकार पुष्प दुलाल रहेका छन् । उनले प्रिपेड मोबाइलबाट वर्षभरी ६४ हजार रुपैयाँ भन्दा बढि खर्च गरेका थिए । दूलाल क्लिकमाण्डू डटकमका कार्यकारी सम्पादक हुन् ।

नेपाल टेलिकमको मोबाइल सेवा प्रयोगकर्तामध्ये संस्थागत ग्राहकतर्फ सूर्य नेपाल प्रालिले १ वर्षमा ९ लाख ८६ हजार रुपैयाँ भन्दा बढिको टेलिफोनमा रकम खर्च गरेको भन्दै सम्मान गरेको हो ।

उनीहरुलाई टेलिकमको वार्षिकोत्सवको अवसर पारेर सम्मान गरिएको छ ।


क्लिकमान्डु