माघ १९ देखि लोकस प्रदर्शनी स्मार्ट सिटी मूख्य नारा



काठमाडौं । माघ १९ गतेदेखि लोकस प्रदर्शनी, २०१८ आयोजना हुने भएको छ । १५औं लोकस प्रदर्शनी ‘स्मार्ट सिटीः सूचना, संचार तथा प्रविधि’ भन्ने मूल नाराका साथ संचालन हुँदैछ । ३ दिनसम्म संचलान हुने प्रदर्शनी पुल्चोक क्याम्पस परिसर भित्र आयोजना हुनेछ ।

पुल्चोक क्याम्पसमा अध्यनरत कम्प्युटर, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिकस इन्जिनियरिङ विभागका विद्यार्थीहरुले बार्षिक रुपमा प्रदर्शनीको आयोजना गर्ने गरेका छन् ।

‘हाल नेपालमा स्मार्ट सिटी शब्द निकै चर्चित छ । नेताहरुले चुनावमा स्मार्ट सिटीको कुरा गरेर भोट मागेका थिए,’ लोकसका मिडिया संयोजक वसन्त चौलागाईले भने ।

आम मानिस र नेताहरुलाई स्मार्ट सिटी भनेको के हो भन्ने जानकारी दिनका लागि यस बर्ष स्मार्ट सिटीमा केन्द्रीत भएर प्रदर्शनी आयोजना गर्न लागिएको उनी बताउँछन् ।

आयोजकले यस बर्षको प्रदर्शनीलाई प्राविधिक पुर्वाधार, वैकल्पिक उर्जा र अनलाईन सर्भिसगरी मुख्ख रुपमा ३ भागमा विभाजन गरेका छन् ।

यस बर्षको लोकसमा ड्रोनाचार्य, रोबो वार, इनर्जी ह्याकर, टेक डिबेट, चिल्ड्रेन इन टेकनोलोजी सफ्टवेरसम्बन्धिलगायतका कार्याक्रमहरु हुनेछन् ।

प्रदर्शनीमा ३५ हजारभन्दा धेरैले अवलोकन गर्ने विद्यार्थीहरुले अपेक्षा लिएका छन् । प्रदर्शनी निःशुल्क अवलोकन गर्न सकिन्छ ।


क्लिकमान्डु