क्लासिकटेकको ‘सित्तैमा’ अफर, इन्टरनेट जोड्न खर्च नचाहिने



काठमाडौं । निजी इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले फाइवर इन्टरनेट जडानमा कुनै खर्च नलाग्ने घोषणा गरेको छ ।

कम्पनीले विज्ञप्ति जारी गर्दै इन्टरनेटको वार्षिक ग्राहक बन्दा जडानमा लाग्ने केबल, वाइफाइ राउटर र जडान खर्च सित्तैमा उपलब्ध गराइने जनाएको छ । १२ एमबिपिएस को प्रति महिना ७ सय ७७, १८ एमबीपिएसको ९ सय ९९, ३० एमबिपिएसको १ हजार ९९ र ६० एमबिपिएसको १ हजार १ सय ९९ मै प्रयोग गर्न सकिने बताउँदै कम्पनीले यसलाई नेपालकै सस्तो इन्टरनेट भनेको छ ।

साथै आफ्ना आफन्त या साथी भाइलाइ यस सेवाको रिफर गराउनु भएमा दुवैले एक एक महिनाको सित्तैमा इन्टरनेट सेवा पाउनुहुने अफर पनि ल्याएको छ I क्लासिक टेकले ७२ जिल्लामा ३५ हजार भन्दा बढि ग्राहक पुगेको बताएको छ ।


क्लिकमान्डु