साफा अवार्डमा बंगलादेशी कम्पनीको वर्चश्व, हेर्नुहोस को–को ले जिते पुरस्कार



 

काठमाडौं । दक्षिण एसियाली लेखाव्यावसायी महासंघले सन् २०१६ मा उत्कृष्ट वार्षिक प्रतिवेदन पेश गर्ने कम्पनीलाई विभिन्न पदकद्वारा सम्मानित गरेको छ ।

महालेखापरिक्षक टंकमणी शर्मा र अर्थसचिव शंकर अधिकारीले एक दर्जन विधामा उत्कृष्ट वार्षिक प्रतिवेदन तयार गर्ने साफा सदस्य देशका कम्पनीलाई सम्मान गरेका थिए । साफा बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड –२०१६ विभिन्न १२ वटा क्षेत्रका कम्पनीलाई प्रदान गरिएको छ ।
जसअन्र्तगत कृषि विधामा गोल्डेन हार्भेस्ट एग्रो लिमिटेड–वंगलादेश, सूचना प्रविधिमा माइन्डट्रि लिमिटेड–भारत, डाइभर्सिफाइड होल्डिङ विधामा क्रिसेन्ट स्टिल एण्ड एलाइड प्रोडक्ट लिमिटेड–पाकिस्तान, वित्तीय सेवा विधामा आइडीएलसी फाइनान्स लिमिडेड–वंगलादेश, बीमा विधामा प्राइम इन्स्योरेन्स वंगलादेश, उत्पादनमूलक विधामा ब्रिटिस अमेरिकन टोबाको कम्पनी लिमिटेड–बंगलादेशले पदक जितेको छ ।

यसैगरी गैरसरकारी विधामा सिटिजन्स फाउन्डेसन–पाकिस्तान, निजी क्षेत्रका बैंक विधामा बिआएसी बैंक लिमिटेड–बंगलादेश, सार्वजनिक बैंक विधामा जनता बैंक–बंगलादेश, सार्वजनिक क्षेत्रका संस्था विधामा इन्फास्टक्चर डेभलपमेन्ट कम्पनी लिमिडेड बंंगलादेश, सेवा विधामा नुवारा इलिया होटल–श्रीलंका, इन्टिग्रेटेड रिपोटिङ विधामा आइडिएलसी फाइनान्स लिमिटेड बंगलादेशले पदक जितेका छन्

यसैगरी सार्क एनिभर्सरी अवार्ड फर कर्पोरेट गभर्रनेन्स भने इस्लामी बैक बंगलादेश लिमिटेडले जितेको छ ।

यसैगरी उत्कृष्ट वार्षिक प्रतिवेदन पेश गर्ने कम्पनीलाई पनि सम्मानपत्र प्रदान गरिएको थियो । जसमा नेपालबाट वित्तीय सेवा विधामा कैलाश विकास बैंक र निजी बैंक विधामा स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल र निर्माण क्षेत्रमा बुटवल पावर कम्पनी लिमिटेड सम्मानित भएका छन् ।

साफा दक्षिण एशियाली लेखा व्यवसायी संस्थाहरुको साझा संगठन हो । यसलाई दक्षिण एशियली क्षेत्रीय सहयोग संगठन (सार्क) ले अभिन्न अंगका रुपमा समेत मान्यता दिइएको छ । हाल साफामा नेपाल लगायत अफगानिस्तान, बंगलादेश, भारत, माल्दिभ्स, पाकिस्तान र श्रीलंकाका लेखाव्यवसायी संस्थाहरु सदस्य रहेका छन जसमा ३ लाख ७५ हजारको हाराहारीमा लेखा व्यवसायीहरुको संलग्नता रहेको छ ।

नेपालको तर्फबाट नेपाल चार्टर्ड एकाउन्टेन्स संस्था (आइक्यान)का पूर्व अध्यक्ष सिए. सुबोधकुमार कर्णले सन् २०१८ को लागि साफाको अध्यक्ष पदमा मनोनित भएका छन् ।

नेपालले महत्वपूर्ण जिम्मेवारी सम्हालेको दोस्रो पटक हो । यस अघि संस्थाका पूर्व अध्यक्ष सिए कोमलबहादुर चित्रकारले सन् २०१० मा अध्यक्षको जिम्मेवारी सम्हाली सकेका छन् ।


क्लिकमान्डु