आजबाट राडारले सुरु गर्यो नेपाल आउने जहाजको निगरानी



काठमाडौं । ललितपुरको भट्टेडाडाँमा जडान गरिएको राडारले आजबाट नेपाली हवाई आकाशको निगरानी सुरु गरेको छ । जापान अन्र्तराष्ट्रिय सहयोग नियोग (जाइका) को सहयोगमा अत्याधुनिक राडार जडान गरिएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणलाई जाइकाले ९० करोड ७० लाख रुपैयाँ बराबर सहयोग गरेको थियो । औपचारिक रुपमा आज बिहिबार देखि राडारले निगारी सुरु गरेको हो ।

मोनुपोल्स सेकेन्डरी सरभाइलेन्स राडार (एम.एस.एस.आर) नामक राडार २ सय ५० नोटकल ( प्रतिनोटकल १.८५ किमी) क्षमता रहेको छ । नयाँ राडार जडानसंगै फुलचोकीमा रहेको राडर १७ वर्ष पुरानो प्राइमरी रेडार क्षमतानै थोरै रहेकोले धेरैपहिलेनै नयाँ रेडार आवस्यक रहेको थियो ।

अन्र्तराष्ट्रिय स्तरमा राडर जडान गरिएको प्रत्येक ५ वर्ष विस्थापन तथा पार्ट्स परिर्वतन गर्नुपर्ने प्रावधान रहेको छ । ‘आजबाट औपचारिक रुपमा अव राडारले जहाजको निगरानी सुरु गरेको छ’ आयोजना प्रमुख सञ्जिव सिंह कठायतले भने । अहिलेको नयाँ प्रविधिको राडारले नेपालको ७५ प्रतिशत भुभागको निगरानी गर्ने कठायतले बताए ।

अन्र्तराष्ट्रिय हवाई उड्डयन संगठन (आइकाओ) को एनएक्स–१० अनुसार हवाई सुरक्षाको लागि नयाँ राडर जडान नेपालका लागि अत्यावस्यक भएको थियो ।
नयाँ राडार नेपालको पूर्वी भाग पुरै र पश्चिममा नेपालगन्ज सम्म हवाई निगरानी गर्ने क्षमता रहेको छ । जसले गर्दा नेपालको सिमानमा अन्य मुलुकबाट जहाज अवैधानिक रुपमा ल्याएमा रेडारले सूचना प्रर्वाह गर्ने छ ।

जहाजले गलत बाटो लिएको खन्डमा मौसम खरावी भएमा लगायत सबै सूचना रेडारले दिने भएकोले हवाई सुरक्षा नेपालको प्रगती हुने दावी आयोजना प्रमुख कठायतले बताए ।

नेपालको हवाई दुर्घटना धेरै जसो डाँडाँकाडाँले छेकेपछी सूचना टावरमा दिन नसक्ने तथा मौसम खरावीको समेत सूचना दिने प्राविधि हाल नभएकोले हुने गरेको छ ।


क्लिकमान्डु