ओपोले क्वालकमसँग मिलेर फाइभजी प्रविधि विकास गर्ने



पेइजिङ । मोबाइल ब्राण्ड ओपोले चीनमा आयोजित २०१८ क्वालकम टेक्नोलोजी डेमा ‘फाईभजी पायोनियर ईनिसियटिभ’का लागि क्वालकम टेक्नोलोजीज्संग सहकार्यको घोषणा गरेको छ ।

फाइभजी यूगमा मोबाइल प्रविधिमा नवप्रबर्तनको अन्वेषणका लागि यो सहकार्य गरिएको विज्ञप्ति मार्फत जानकारी दिइएको छ ।

फाइभजी पायोनियर ईनिसिएटिभमार्फत क्वालकम टेक्नोलोजिज्ले विश्वभर ओपोका प्रयोगकर्तालाई रेडियो फ्रिक्वेनसी फ्रण्ट ईन्ड फिल्ड जस्ता ब्यापक समाधान उपलब्ध गराइ अत्याधुनिक फाइभजी मोबाइल अनुभव प्रदान गर्न सघाउनेछ ।

‘फाइभजी मोबाइल नेटवर्कले वैश्विक मोबाइल उद्योगलाई नयाँ आयाम दिने छ । साथै, ईन्टरनेट अफथिङ्सका लागि मोबाइल फोन प्रमुख टर्मिनलका रुपमा विकसित हुनेछ ’, ओपोका प्रमुख कार्यकारी अधिकृत टोनी छन्ले भने ।

पेइजिङमा जनवरी १६–२०१८, आईएमटी–२०२० (५जी) प्रोमोसन ग्रुप, चीनको तीन प्रमुख मन्त्रालयद्वारा स्थापित प्रमुख प्रमोशन संस्थाले फाइभजी प्रविधि आरएण्डडी ट्रायल फेज थ्री स्पेसिफिकेसन्स सार्वजनिक गरेको थियो ।

ओपोले एकल स्मार्टफोन निर्माताका रुपमा सोमा सहभागिता जनाई फाइभजी स्ट्याण्डर्ड निर्माणमा सघाएको कम्पनीले जनाएको छ ।


क्लिकमान्डु