क्यामोन आइ ब्राण्डका नयाँ मोबाइल बजारमा



काठमाडौं । ट्रान्सन नेपालले हालसालै क्यामोन आई ब्राण्डका नयाँ मोबाइल सेटहरु नेपाली बजारमा बिक्री वितरण आरम्भ गरेको छ ।

ट्रान्सन् नेपालले करिब ४ महिना अगाडि आइटेल, टेक्नो र अटोइमा मोवाइल सेट नेपाली बजारमा भित्र्याएको थियो । यी तीन ब्राण्डहरुले बजारमा आफ्नो हिस्सा उल्लेखनीय रुपमा बढाइरहेको र क्यामोन आईले पनि छोटो समयमै नेपाली ग्राहकको मन जित्ने कम्पनीको भनाई छ ।

विशेषगरि क्यामरा फोनको रुपमा नेपाली बजामा आएका क्यामोन सिरिजका यी नयाँ सेटको क्यामेरामा १३ एमपी रियर, क्वाड एल.इ.डी. लेन्स् फ्ल्यास एव फाइभ पी लेन्स् लगायत अन्य विशेषताहरु रहेको छ ।

इन्सेल डिस्प्लेको प्राविधिक विशेषताले गर्दा यी नयाँ मोबाइल सेटहरु प्रयोग गर्दा उत्कृष्ठ टच स्क्रीन अनुभव हुनुका साथै व्याट्रीको पनि कम खपत हुन्छ ।

३ जीबी आर ए एम, ३२ जीवी आर ओ एम एवं १३ जी.एच.जेड. क्वाड कोर प्रोसेसर भएको क्यामन आइ पहेंलो, कालो र नीलो रंगमा उपलब्ध छ । यो मोबाइल सेटको बजार मूल्य १८ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

“नेपाली बजारमा ट्रान्स्सनले आफ्नो बर्चश्व स्थापित गर्न सफल हुनुको प्रमुख कारण यसले अपनाएको ग्राहक केन्द्रित रणनीति नै हो । केवल हामीले आफ्ना ग्राहकलाई हरेक अत्याधुनिक विशेषताले सम्पन्न उत्पादनहरु मात्र प्रदान गरिरहेका छैनौं अपितू आफ्नो प्रभावकारी वितरण सञ्जाल मार्फत नयाँ मोबाइल सेट बजारहरुमा पनि प्रवेश गरिरहेका छौं । ट्रान्सन नेपालका सेल्स एण्ड डिष्ट्रिब्यूसनका सिनियर भाइस प्रेसिडेन्ट अरिजित तालपत्राले भने ।


क्लिकमान्डु