राष्ट्रियसभाका लागि शुक्रबारदेखि आचारसंहिता लाग्ने, कस कसलाई लाग्छ ?



काठमाडौं । यही माघ २४ गते हुने राष्ट्रियसभाको निर्वाचनका लागि निर्वाचन आयोगले शुक्रबारदेखि लागू हुने गरी आचरसंहिता जारी गरेको छ ।

निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष बनाउने लक्ष्यका साथ आचारसंहिता लागू गरिएको हो । आचारसंहिता यही माघ १२ गते शुक्रबारदेखि निर्वाचन परिणाम सार्वजनिक हुने अवधिसम्म कायम रहनेछ ।

आयोगकाअनुसार सरकार, मन्त्रीदेखि नेपाल सरकारका अनुदानमा सञ्चालित विश्वविद्यालय वा सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीसम्मलाई पनि आचारसंहिता लाग्ने आयोगको सूचनामा उल्लेख छ ।

कुल ५६ सदस्यका लागि हुने राष्ट्रियसभाको निर्वाचनमा ८३ जना उम्मेदवारले मनोनयन गरेका छन् । त्यसमध्ये १७ जना निर्विरोध नै निर्वाचित भइसकेका छन् । बाँकी रहेका सिटमा निर्वाचन हुने आयोगले जनाएको छ ।

कस कसलाई लाग्न आचारसंहिता

आयोगकाअनुसार सरकार, मन्त्री, प्रदेश सरकार, स्थानीय तहका कर्मचारी, सार्वजनिक संस्थामा कार्यरत कर्मचारी, सरकारी र अर्धसकारी संस्थाको कार्यालय तथा कर्मचारी, नेपाली सोा, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग, प्रदेश प्रहरी कार्यालय तथा सुरक्षाकर्मी, निर्वाचन काममा खटिने कर्मचारीलाई आचारसंहिता लाग्छ ।

यस्तै राजनीतिक दल तथा तिनका भातृ संगठन, उम्मेदवार तथा सम्बन्धित व्यीक्त, सार्वजनिक पद धारण गरेको व्यीक्त, पर्यवेक्षक, सरकारी तथा निजी क्षेत्रका सञ्चार माध्यम, निजी तथा गैरसरकारी संस्थालाई आचारसंहिता लाग्ने आयोगले जनाएको छ ।

निर्वाचन सम्पन्न भएको ३ दिनभित्र मत परिणाम सार्वजनिक गर्ने तयारीमा आयोग रहेको जनाइएको छ ।


पुष्प दुलाल