ओपोद्धारा एआई ब्यूटी र फुल स्क्रिन डिस्प्ले सहित ए८३ सार्वजनिक



काठमाडौं । ओपोले आफ्नो ब्राण्डको ईण्ट्रि लेभल क्यामेरा फोन अन्तर्गत नयाँ ओपो ए८३ नेपाली बजारमा सार्वजनिक गरेको छ । ए८३मा यो मूल्य श्रेणीका स्मार्टफोनमा विरलै उपलब्ध हुने फुल स्क्रिन डिस्प्ले फिचर उपलब्ध रहेको कम्पनीले दाबी गरेको छ ।

साथै, यसमा यूवा पुस्तालाई वास्तविक तथा प्राकृतिक सेल्फी अनुभव प्रदान गर्ने उद्देश्यका साथ एआई ब्यूटी रिकग्निशन प्रविधिपनि उपलब्ध गरिएको छ ।

३ जीबी र्याम र ३ हजार १ सय ८० एमएएच ब्याट्री क्षमता सहितको ओपो ए८३ फोनको मूल्य २४ हजार ९ सय ९० निर्धारण गरिएको कम्पनीले जनाएको छ ।


क्लिकमान्डु