तपाईको स्मार्ट फोनलाई यसरी बनाउनुस् सेटलाइट फोन



काठमाडौं । हामी कयौँ पटक यस्तो ठाउँमा जाने गरेका हुन्छौँ जहाँ फोनको नेटवर्क टिप्नै मुस्किल पर्छ । यस्तो अवस्थामा जति कोसिस गरे पनि फोनको प्रयोग सम्भब हुँदैन ।

यस्तो समयमा सेटलाइट फोन भएको भए राम्रो हुन्थ्यो भन्ने लाग्न सक्छ । अब आइफोन वा एन्ड्रोइड फोनलाई एउटा कभरको प्रयोगबाट सजिलै स्याटलाइट फोन बनाउन सकिने भएको छ ।

स्मार्टफोनमा सेटलाइट कभर लगाए पछि तपाईको डिभासमा नेटवर्क आउन थाल्ने छ । कभरले सेटलाइटकोे काम गर्ने छ ।

यसको मद्दतले तपाई म्यासेज, इमेल र इन्टरनेट ब्राउजिङ सजिलै प्रयोग गर्न सक्नुहुने छ । यदी तपाई एक ट्रावलर हुनुहुन्छ र तपाइलाई घुम्न मनपर्छ भने यो कवर तपाइको लागि उपयोगी हुन सक्ने छ ।

यो कवर आइफोन ४/४एस देखि आइफोन ६/६एस सम्मलाई सपोर्ट गर्ने छ । यस्तै एन्ड्रोएड फोनमा यो कवर सामसङ ग्यालेक्सी एस ३, एस ४ र एस ५ मा मात्र स्पोर्ट गर्ने गर्छ ।


क्लिकमान्डु