यी उम्मेद्वार जस्ले संसद बन्न प्रतिभोट ७ हजार भन्दाबढी खर्चगरे पछि….



काठमाडौं । करिब २५ लाख रकम खर्च गर्दा एउटा उम्मेदवारले कति मत पायो होला ? सामान्य अनुमान गरौ, २/४ हजार त भोट पायो होला ? तर तपाईको अनुमान भने ठिक विपरित देखिन जान्छ ।

यो प्रसंग हो कास्की जिल्लाको । संघीय समाजवादी फोरम नेपालका तर्फबाट कास्की ३ बाट उम्मेदवार भएका डिलबहादुर नेपालीले चुनावमा करिब २५ लाख रकम खर्च गरेका छन् । तर उनले ३४७ मात्रै भोट पाए । उनको प्रति भोट खर्च ७ हजार २०५ रुपैयाँ भएको देखिन्छ ।

जिल्ला निर्वाचन कार्यालयमा नेपालीले पेश गरेको खर्च विवरणअनुसार खर्चको परिणाममा नेपालीले मत भने कम पाएका छन् ।

चुनावमा भएको खर्च बमोजिम मत नपाएपछि उनले भने मैले मत किन्न पैसा खर्च गरेको होइन, प्रचार प्रसार गाडी भाडामा बढी रकम गयो, तर सोचेजति मत पाइन ।

सोही क्षेत्रको प्रदेशसभा क का उम्मेदवार चीनबहादुर नेपालीले पनि निर्वाचन आयोगले तोकअनुसार नै करिब १५ लाख रकम खर्च गरेका छन् । उनले मत भने ३०० मात्रै पाए ।

त्यतिमात्रै होइन उनको धरौटी समेत जफथ भएको छ । यस्तै ३४ हजार १०० खर्च गर्ने नेकपा(माले)का उम्मेदवार टेकनाथ भण्डारीले भने ५३९ मत पाएका छन् ।


क्लिकमान्डु