बच्चाको लागि मोबाइल खतरा बन्दैँ, यस्ता असर पुग्न सक्छ



काठमाडौं । पछिल्लो समयका अभिभावकहरु आफुले आफुलाई असाधै स्मार्ट समझने गर्छन् । बच्चा रुनासाथ उसको हातमा गेम खोलेर मोबाइल राखिदिने गर्छन् । तर, उनीहरुले बच्चालाई यसरी मोबाइल लामो समयसम्म चलाउन दिदा त्यसले कस्तो असर गर्छ भन्ने बुझेका हुँदैनन् ।

सन् २०१५ मा अमेरिकी ग्रैहसरकारी संस्था ‘कमन सेन्स’ मिडियाले गरेको एक अध्यनले ‘विश्वभार ८ देखि १२ वर्षसम्मका बालकहरु प्रत्येक दिन ४ देखि ३६ मिनेको समय स्क्रीन मिडियासँग बिताउने गर्छन् ।’

यदी तपाईको बच्चापनि स्मार्टफोनमा आवश्यक भन्दा बढी समय बिताउने गर्छन् भने सावधान हुनुहोस् । यो तपाई र तपाईको बच्चाको लागि खतराको संकेत हो ।

साइकोलिजिस्टका अनुसार बच्चालाई लामो समयसम्म मोबाइलमा गेम खेल्न दिनुहुन्न । यसले बच्चाको स्वास्थ्यका साथै उसलाई पारिवारिक समाजबाट टाढा लान्छ ।

यस्तो अवस्थामा बच्चाहरु साथीहरुसँग घुलमिल हुन नसक्ने, कोसँग कस्तो व्यवहार गर्नुपर्ने हो अन्योलमा पर्ने र पछि गएर एकलै बस्न चाहने जस्ता समस्याहरु निम्ताउन सक्ने साइकोलोजिस्ट बताउँछन् ।

मोबाइलमा गेम खेल्ने लतले बच्चालाई समाजबाट टाढा राख्नुका साथै उनीहरुको स्वास्थ्यमा समस्या आउने हुन्छ । मोबाइलको लतले गर्दा बच्चाहरु खानपान र सरसफाइ जस्ता कुरामा झगडालु व्यवहार देखाउने गर्छन् ।

अभिभावकहरु बच्चा सानै छदादेखि उनीहरुलाई मोबाइलमा गेम खेल्न दिने गर्छन् । उनीहरुले त्यसबाट उत्पन्न हुने खतरालाई बुझेका हुन्न् । १० वर्ष माथीका बालकहरुले मात्र नभइ आजभोलि ३ देखि ४ वर्षका बच्चाहरु मोबाइल वा ट्याबलेट स्क्रीनसँग टाँसिएर बस्ने गर्छन् ।

नेपालमा बच्चाहरु कति समय स्क्रीन अगाडी बिताउने गर्छन् भन्ने कुनै तथ्याङक छैन । युट्युव र फेसबुकजस्ता समाजिक संजालमा बच्चाहरुले धेरै समय खर्चने गरेका छन् ।

बच्चालाई मोबाइल दिनुका कारण
बच्चाहरुको हातमा मोबाइल दिनुको कारण फरक फरक हुने गर्छ । उदाहरणका लागि साना बच्चा जस्तै २ देखि ४ वर्षका बच्चाहरुका आमा बुबाले बच्चाहरुको मन बहलाउन वा उनीहरुलाई सान्त गर्नका लागि मोबाइल उनीहरुको हाममा राखिदिने गर्छन् । कहिले काही बच्चाले खान मानेन भने पनि उनीहरुलाई मोबाइल दिने र खाना खुवाउने गर्छन् ।

यस्तै ६ देखि १२ वर्षका बालकका आमा बुबा बच्चाहरु सम्पर्कमा रहुन भनेर उनीहरुको हातमा मोबाइल दिने गर्छन् । यसरी बच्चाहरुलाई मोबाइल दिनुमा जस्तो सुकै कारण भए पनि यसको लतले भने असर एकै किसिमको गर्ने गर्छ ।


क्लिकमान्डु