तपाईको फेसबुक कहाँ खुल्ला छ ? यसरी पत्ता लगाउनुस्



आफ्नो एकाउन्टलाई हामी कयौं डिभाइसमा प्रयोग गर्ने गछौँ । यस्तो अवस्थामा कुन डिभासजमा ‘लग इन’ छ र कुन डिभाइजमा ‘लग आउट’ गर्न भूलियो भन्ने कुरा थाहा पाउनै गाह्रो हुन्छ ।

तर, अब यो थाहापाउन निकै सजिलो भएको छ । हामी तपाइलाई त्यस्तो उपाय बताउदै छौँ, जसबाट तपाई आफ्नो एकाउन्ट कुन डिभाइजमा खुल्ला छ भन्ने कुरा थाहा पाउन सक्नु हुन्छ ।

स्मार्टफोन प्रयोगकर्ताले कसरी पत्ता लगाउने ?
सबैभन्दा पहिला आफ्नो फेसबुक एकाउन्ट खोल्नुहोस् । यसमा माथि देखिने ३ वटा लाइनमा क्लिक गर्नुस । त्यसपछि एकाउन्ट सेटिङमा क्लिक गर्नुस् ।

अनि सेक्युरिटि एण्ड लग इनको अपशनमा किल्क गर्नुहोस् । तपाईको स्कृनमा ‘होयर यू आर लगड् इन’ भनी आउछ । त्यसको ‘सि मोर’मा किल्क गर्नुभयो भने तपाईको फेसबुक कुन-कुन डिभाइसबाट चलाइएको छ भन्ने कुरा थाहा हुन्छ । तपाइको फेसबुक कुन डिभाइजमा कहिले र कुन ठाउँमा प्रयोग भएको भन्ने कुरासमेत मितिसहित हेर्न सक्नुहुने छ ।

यस्तै ल्यापटपमा वा कम्प्यूटर डिभाइसमा हेर्नुछ भने यसो गर्नुहोस
सर्वप्रथम फेसबुक एकाउन्ट खोल्नुहोस् । त्यसपछि फेसबुकको माथि प्रश्न चिन्ह जस्तोको छेउमा एउटा तल फर्केको एरो हुन्छ । त्यसमा क्लिक गर्नुहोस् ।

अनि त्यहाँ देखाइएको अपशन मध्ये सेटिङमा किल्क गर्नुहोस् । सेटिङ भित्र गए पछि त्यहाँ सेकुरिटि एण्ड लग इनको अपशन आउछ । त्यहाँ क्लिक गर्नुहोस् ।

त्यसमा क्लिक गर्नासाथ ‘होयर यू आर लगड् इन’ भनेर लेखिएको हुन्छ । त्यहाँ तपाईले तपाइको फेसबुक कहाँ कहाँ कुन डिभाइजमा खुल्ला छ भन्ने कुरा देख्न पाउनुहुने छ ।


क्लिकमान्डु