अदालतको आदेशपछि डा गोविन्द केसी पक्राउ



काठमाडौ । डा गोविन्द केसीलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । सर्बोच्च अदालतले अवहेलनाको मुद्दामा डा केसीलाई पक्राउ गर्ने फैसला सोमबार साझ सुनाएको थियो ।

अदालतले पक्राउ गर्न फैसला सुनाएपछि प्रहरीले केसीलाई टिचिङ अस्पतालबाट पक्राउ गरेको हो ।

आइतबार सर्बोच्च अदालतले ४ वर्ष अगाडि त्रिभुवन विश्वविद्यालय चिकित्सा अध्ययन शास्त्रको डिनमा नियुक्त भएका शशी शर्मालाई पुनरबहाली गर्ने फैसला सुनाएको थियो ।

शर्मालाई पुर्नरबहाली गर्ने फैसला सुनाएपछि केसीले सर्बोच्च अदालतका प्रधानमन्यायधीश गोपाल पराजुली विरुद्ध अननस सुरु गरेका थिए ।

चिकित्सा क्षेत्रलाई सुधार गर्न माग गर्दै केसी अनसन बस्दै आएका छन् । डा केसीको कदमले अदालतको मानहानी भएको भन्दै सर्बोच्चमा सोमबार रिट दायर भएको थियो ।


क्लिकमान्डु