कोष तथा लेखा नियन्त्रक कार्यालयको नयाँ भवन



रसुवा । जिल्लाअन्तर्गतका कार्यालयलाई रकम निकासा गर्ने कोष तथा लेखा नियन्त्रक कार्यालयको आज उद्घाटन गरिएको छ ।

महालेखा नियन्त्रक कार्यालयका महालेखा नियन्त्रक रामकुमार आचार्यले नवनिर्मित भवनको उद्घाटन गर्दै अब कर्मचारीले उच्च मनोबलका साथ सेवा प्रवाह छिटोछरितो सम्पादन गर्नै बताए ।

जिल्ला प्रमुख कोष नियन्त्रक सूर्य भण्डारीले एक करोड ४९ लाख रुपैयाँको लागतमा भवन निर्माण भएको जानकारी दिए ।


क्लिकमान्डु