चारा घोटलामा लालुप्रसादलाई साँढे ३ बर्ष जेल, ५ लाख जरिवाना



काठमाडौं । भारतको चर्चित चारा घोटला काण्डमा सिबिआई स्पेशल कोर्टले लालुप्रसाद यादबलाई दोषी ठहराई साँढे ३ बर्ष जेल र ५ लाख रुपैयाँ जरिवाना गरेको भारतीय संचारमाध्यमले जनाएका छन् ।

लालुप्रसादले अब जमानतको लागि उच्च अदालतमा अपील गर्न सक्ने छन् । यदि उनले ५ लाख जरिवाना तिर्न मानेन् भने उनि थप ६ महिना जेलमा नै बस्नु पर्ने छ ।

२३ डिसेम्बरदेखि बिरसा मुडा जेलमा रहेका लालु यो समेत चारकाण्डमा ७ पटक जेल गइसकेका छन् । चारा घोटला सम्बन्धी ६ मुद्धा खेपिरहेका लालु बिहारको मुख्यमन्त्री हुँदा ट्रेजरीको ३७.७० करोड फर्जी निकासी दिएको आरोपमा बेला बेला जेलको चक्कर काटिरहेका छन् ।

यस घटनामा ३८ जना बिरुद्ध मुद्धा दायर भएकोमा ११ जनाको मृत्यु भइसकेको छ भने,३ जना सरकारी गहवा बनेका थिए ।


क्लिकमान्डु