एप्पलको उत्पादन बढ्दा सामसुङले बजार हिस्सा गुमाउन सक्ने अनुमान



काठमाडौं । स्मार्टफोन उत्पादनको विश्वव्यापी ग्रोथ २०१८ मा घट्ने अनुमान गरिएको छ । ट्रेन्ड फोर्सले गरेको अध्ययन अनुसार २०१८ मा स्मार्ट फोनको विश्वव्यापी उत्पादन १.५३ बिलीयन यूनिटले कमी आउने छ ।

रिपोर्टका अनुसार यो वर्ष आइफोन निर्माण कम्पनी एप्पलको लागि राम्रो रहने छ भने सामसङको लागि निराशाजनक रहने अनुमान गरिएको छ ।

‘यस वर्ष एप्पल आइफोन उत्पादनमा तिब्र वृद्धि देख्न सकिने छ । त्यही सामसङ स्मार्टफोनको भोल्यूममा गिरावट देख्नु पर्ने हुन सक्छ ।’ रिपोर्टमा भनिएको छ ।

साथै कम्पोनेन्टहरुको मूल्य वृद्धि उच्च रहेकाले स्मार्ट फोन उत्पादकमा फोनको मूल्यलाई लिएर दबाब पनि हुन सक्ने उललेख छ ।

चिनियाँ स्मार्ट फोन उतपादकहरुले यस बर्ष १.४६ विलीयन सेट उतपादन गर्ने जनाइएको छ । यो २०१६ को भन्दा ६.५ प्रतिशतले धेरै हो । यस्तै २०१७ मा एप्पल आइफोनको प्रोडकसन २०१६ को तुलनामा ३ प्रतिशत धेरै रहेको थियो ।


क्लिकमान्डु