मोवाइल चार्ज गर्दा यी कुरामा ध्यान दिनुस्, नत्र ‘ब्लास्ट’ हुन सक्छ



काठमाडौं । स्मार्ट फोनको सबैभन्दा ठूलो समस्या भनेको ब्याट्री चार्जिङ हो । कहीले काही गुणस्तरीय फोनसमेत ब्याट्री कै कारण प्रयोग हिन बन्न पुग्छ ।

मोवाइल चार्जिङको समयमा केहि गल्तीगर्दा मोबाइल नै ब्लास्ट हुने सम्भावना हुन्छ ।

मोबाइल फुल चार्ज भैसकेपछि पनि प्लगबाट नहटाउने कतिपय मानिसहरुको बानी हुने गर्छ । तर, यो मुर्खता हो । फुल चार्ज भैसके पछि पनि प्लग हटाइएन भने मोबाइलको ब्याट्री फुल्ने जस्ता समस्याहरु आउने गर्छ ।

सकभर मोबाइलको चार्ज १०० प्रतिशत हुनु पहिलानै मोबाइललाई चार्जरको प्लगबाट हटाउने गर्नुपर्छ । मोबाइल फुल चार्ज भए पछि पनि त्यसलाई लगातार चार्जमा राखिए मोबाइल ब्लास्ट हुने सम्भावना हुन्छ ।

मोबाइललाई जतिखेर पायो त्यतीखेर चार्जमा राख्नु भन्दा चार्ज १० प्रतिशतभन्दा कम भएपछि मात्र चार्जमा राख्ने गर्नुहोस् ।
मोबाइलको ब्याट्री पुरै डाउन हुन नदिनुस् कम्तीमा १० प्रतिशतभन्दा तल पुग्ना साथ चार्जमा राख्ने गर्नुस् ।

आफ्नो स्मार्ट फोनलाई तातो ठाउँमा नराख्नुहोस् । तपाईले यादगर्नु भएको होला हाम्रो मोबाइल चार्ज गरेपछि तातो हुने गर्छ । चार्जपछि फोनलाई तातो ठाउँमा राख्नाले मोबाइल ब्लास्ट हुन सक्छ । याद राख्नुस् मोबाइल चार्जगर्दा पनि त्यसलाई तातो ठाउँमा राखेर चार्ज गर्नुहुन्न् ।

मोवाइल राख्दा जीपीएस आधारित एपहरु बन्द गरेर राख्ने गर्नुहोस् । यसलाई जरुरीमा मात्र प्रयोग गर्ने गर्नुपर्छ । यस्ता फिचरहरुले ब्याट्री छिटो सक्ने र फोनलाई तातो बनाउने कामगर्छन् ।


क्लिकमान्डु