सामसुङले ल्यायो ‘ग्यालेक्सी ए सिरिज’, यस्ता छन् बिषेशता



काठमाडौं । दक्षिण कोरियाली मोबाइल फोन निर्माता कम्पनीले सामसगले ए सीरीजको नयाँ भर्सन २०१८ अर्को हप्ता सार्वजनिक गर्ने भएको छ । अन्तर्राष्ट्रि समाचार एजेन्सीका अनुसार नयाँ फोन जनवरी १० मा लन्च हुन लागेको हो ।

यो ‘ए’ सीरीजको पहिलो स्मार्टफोन हुने छ । सुरुमा यो अनलाइन प्ल्याटफर्मबाट मात्र विक्री वितरण हुने कम्पनीले जनाएको छ ।
यो डिभाइज ‘इन्फिनिटी डिस्प्ले’का साथ आउने छ । जुन ग्यालेक्सी एस ८, एस ८ प्लस र नोट ८ जस्तै फ्लेगशिप स्मार्टफोनमा उपलब्ध हुने छ ।

सामसङ इलेक्ट्रोनिक्सका अध्यक्ष जून्हो पार्कले भनेका छन् ‘हामी ए सिरिजमा फ्लेगशिप स्मार्ट फोनको फिचर लिएर आउदै छौँ । जसमा इन्फिनिटी डिस्प्ले र हाम्रो पहिलो ड्यूअल र अर्को लाइव फोकस हुने छ ।’

यो फोन पानी, धुलो प्रतिरोधी हुने छ भने, युएबी टाइप सीमा उपलब्ध हुने छ, जसले यो फोन निकै छिटो चार्ज हुने छ । यसमा ४ जीबी र्याम रहेको छ । सुरुमा यो फोन भारतीय बजारमा मात्रै उपलब्ध हुने कम्पनीले जनाएको छ ।


क्लिकमान्डु