वानप्लस ५ टी अब नेपाली बजारमा



काठमाडौं। वानप्लसले आफ्नो प्रिमियम फ्ल्यागशिप स्मार्टफोनहरु मध्येको सबैभन्दा पछिल्लो स्मार्टफोन ‘वानप्लस ५ टी’ नेपालमा सार्वजनिक गरेको छ ।

‘वानप्लस ५ टी’ मा उच्च रिजोल्यूशन भएको ड्यूल क्यामरा प्रणाली जडान भएको छ जसले अहिलेसम्मकै सबैभन्दा उच्च गुणस्तरको तस्विर खिच्न सकिने कम्पनीको दाबी छ ।

यसमा जडान भएको ड्यास चार्जको कारण आधा घण्टा चार्ज गर्दा पुरा दिन कुरा गर्न सकिन्छ, जुन वानप्लसको इण्डष्ट्रि नेतृत्व चार्जिङ् टेक्नोलोजी प्रयोग गरेर बनाइएको हो ।

एनसेलका ग्राहकहरुको लागि हरेक हप्ता २०० एमबी प्रोमोसनल डाटाप्याक प्रत्येक १२ हप्तासम्मको लागि प्रयोग गर्न पाउने छन् ।

क्वालकम स्न्यापड्रागन ८३५ प्रोसेसरका साथमा फोनमा ६ र ८ जीबी र्याम रहेको छ, जसले फोनको सहज यूजर एक्सपेरियन्स न्यूनशक्तिमै दिन्छ ।

‘वानप्लस ५ टी’ ले उत्कृष्ट प्रयोगकर्ता अनुभवको संभावना प्रदान गर्नका लागि हाम्रो चनाखोपन र धैयर्तालाई प्रदर्शित गर्दछ,’ आइहब प्रालिका मार्केटिङ्ग म्यानेजर धिरेन्द्र कुशवाहले भने, ‘हामीले यो सिद्धान्तलाई ‘वानप्लस ५ टी’ को सबै क्षेत्रहरुमालागू गरेका छौं । उदाहरणका लागि ड्यूलक्यामराले अहिलेको स्मार्टफोन बजारमा स्पष्ट तस्विर खिच्नको लागि सहयोग गर्दछ र प्रयोगकर्ताहरुलाई हरेक अवस्थामा आकर्षक फोटोहरु खिच्नकालागि नियन्त्रण गराउँछ ।’

६ इन्चको अप्टिक अमोलेड डिस्प्ले राखिएको वानप्लस ५ टी निकै पातलो छ । जुन मिडनाइट ब्ल्याक कलर अप्सनमा उपलब्ध हुनेछ र यो फोन वानप्लस सिरिजहरु मध्ये सबैभन्दा पातलो फोन हो ।

यसमा अल्मुनियमको यूनिबडी विशेषताका साथमा फोनको एजमा हार्डलाइन राखिएको छ । यसको समानान्तर लाइन जून वानप्लस डिजाइनको मूख्य डिजाइन तत्वहो जसले आधा भागलाई उज्यालो देखाउँछ भने अर्को भागलाई अध्याँरो प्रर्दशित गर्दछ । यसको घुमाउरो कुनाहरु र एजले गर्दा ‘वानप्लस ५ टि’लाई हातमा आरामदायीरुपमा अनुभव गर्न सकिने कम्पनीले जनाएको छ ।

‘वानप्लस ५ टी’ मा २० मेगापिक्सेलको टेलिफोटो लेन्सका साथमा १६ मेगापिक्सेलको ड्यूल क्यामरा लेन्स रहेको छ, जसले सेन्सर र वस्तुहरुका बिचमा सहि दूरी कुनैपनि वातावरण तय गर्न सहयोग गर्छ ।

 

वानप्लस ५ टी ६४ जीबीको मूल्य ६४ हजार ९ सय रुपैयाँ तथा १२८ जीबीको मूल्यमात्र ७२ हजार ९सय रुपैयाँ तोकिएको कम्पनीले उल्लेख गरेको छ ।


क्लिकमान्डु