टिभी चलाउन रिमोट नचाहिने, आयो आवाजबाट चल्ने टिभी



काठमाडौं । एलजी इलेक्ट्रोनिक्सले ‘२०१८ इन्टरनेशनल कन्जुमर इलेक्ट्रनिक्स शो’मा आवाजबाट सञ्चालन हुने टेलिभिजन ल्याउने भएको छ ।

दक्षिण कोरियाली कम्पनी एलजीले उक्त प्रिमियम टिभी ले २०१८ संस्करणहरुको बारेमा समेत जानकारी दिने जनाएको छ ।

नयाँ टिभी ‘थिन क्यू ओएलइडी र सुपर युएचडी’ रहेका छन् । यो गुगल एसिस्टेन्टको सहयोगमा संचालन हुने छ । जसले प्रयोगकर्ताहरुलाई कयौं शिर्ष चरणको सुविधाहरु प्रदान गर्ने कम्पनीले जनाएको छ ।

यो टिभी प्रयोगकर्ताले आवाजबाट खोल्न र इन्टरनेटमा कमाण्ड दिन सक्ने छन् । प्रयोगकर्ताले ‘थिन क्यू ओएलइडी र सुपर युएचडी’ टिभीलाई आफ्नो निर्देशन अनुसार संचालन गर्नसक्ने छन् । इन्टरनेटको प्रयोगबाट आफ्ना रोजाईका बस्तु, सिनेमा, किताबलगायतका सामाग्री सजिलै पाउन सक्ने छन् ।

अन्य होम अप्लाईन्सेस्समेत आवाजबाटै चलाउन सकिने
एलजीले ‘थिन क्यु’ प्रबिधिको प्रयोगबाट घरमा प्रयोग रिने अन्य स्मार्ट ग्याजेटहरुलाई समेत संचालन गर्न सकिने जनाएको छ । वाईफाई वा ब्लुटुथको सहायताले रोर्वटिक भ्याकुम क्लिनर, एसी, यर प्युरिफयर, स्मार्ट लाईट, स्मार्ट स्पिकरलगायतका सामाग्री आवाजको माध्येमबाट संचालन गर्न सकिने छ ।

नेपालमा कहिले
नेपाली बजारमा एलजीका उत्पादनहरु सिजी इलेक्ट्रोनिक्सले उत्पादन र बिक्री वितरण गर्दै आइरहेको छ । कम्पनीका अनुसार अन्तर्राष्ट्रिय बजारमा आएका कुनैपनि नयाँ प्रविधि र उत्पादन ४।५ महिना भित्रै नेपाल आउने गरेको छ ।

यो उत्पादन पनि ग्राहकको चाहना अनुसार नेपाली बजारमा आउने कम्पनीले जानकारी दिएको छ ।


क्लिकमान्डु