पोखरेलीलाई खुसीको खबर, प्राधिकरणको केन्द्रीय प्रणालीमा थपियो ५ मेगावाट विद्युत्




काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा करिब ५ मेगावाट विद्युत् थप भएको छ ।

लमजुङमा निर्माण सम्पन्न भएको ३.३ मेगावाट क्षमताको मिदिम जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् प्राधिकरणको प्रणालीमा जोडिएको हो ।

यस्तै लामो समयदेखि बन्द रहेको सेती फेवा जलविद्युत् आयोजनाको १.५ मेगावाट क्षमताको विद्युत् समेत प्रणालीमा जोडिएको छ ।

प्राधिकरणको प्राविधिक टोलीले आयोजनाको बिजुली दमौली सबस्टेसनमा जोडेको छ ।

आयोजनाका अनुसार आगामी १४ दिनसम्म परीक्षण उत्पादन गरेर व्यावसायिक उत्पादन सुरु गरिने आयोजनाका प्रमुख किरण मल्लले बताए ।

सहज प्रसारण लाइनको अभावमा वैकल्पिक उपाय अवलम्बन गरेर ३३ किलोमिटर लामो प्रसारण लाइन मार्फत तनहुँको दमौली सबस्टेसनमा जोडिएको हो ।

यस्तै कास्कीमा सञ्चालित १.५ मेगावाट क्षमताको सेती फेवा जलविद्युत केन्द्रले पनि मंगलबारबाटै पुनः विद्युत् उत्पादन सुरु गरेको छ ।

वर्षाकालमा बाढीबाट पभावित भएको उक्त आयोजनामा वैकल्पि व्यवस्था गरेर विद्युत् उत्पादन सुरु गरिएको आयोजनाले जनाएको छ ।

सो आयोजना सञ्चालनमा आए लगत्तै थप दुई आयोजना समेत सञ्चालन आउने जनाइएको छ । ती आयोजनाबाट थप ७ मेगावाट विद्युत् थप हुनेछ ।


क्लिकमान्डु