भिडियो स्ट्रीमिंग कम्पनी ‘नेटफ्लिक्स’ किन्दै एप्पल



काठमाडौं । एप्पलले भिडियो स्ट्रीमिंग कम्पनी नेटफ्लिक्स किन्ने समाचार बाहिर आएको छ । सिटी एनालाइसिस्टले सार्वजनिक गरेको जानकारीअनुसार एप्पलले नटेफ्लिक्सको अधिग्रहण गर्न सक्ने संभावना छ ।

सिटि एनालाइसिस्टका जिम सुआ तथा असिया मर्चेन्टले एप्पलको यो निर्णय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंपको कर्पोरेट ट्याक्स कटौती गर्ने नीति पास भएपछि आएको हो ।

बाहिर आएको रिपोर्टअनुसार एप्पलले नेटफ्लिक्स अधिग्रहण गर्ने डीलको आधारमा कम्पनीले अन्य देशहरुमा राखेको आफ्नो नगद रकम निकाल्न सक्नेछ । हाल एप्पलसँग विश्वभर गरेर कुल २५२ मिलियन अमेरिकी डलर नगद रहेको छ, अधिकांश रकम अमेरिका बाहिर रहेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंपको कर्पोरेट ट्याक्स कटौती गर्ने नीति पास हुनु अघिसम्म कम्पनीले सो रकम अमेरिका लैजान सक्दैन थियो । तर नयाँ नीतिपछि न्यून कर मात्र तिरे पुग्ने हुँदा सो नगद अमेरिका लाने बाटो खुलेको हो ।

एप्पलले नेटफ्लिक्स अधिग्रहण गर्ने संभावना अहिलेको आधारमा केबल ४० प्रतिशत मात्र रहेको छ ।

यदि साँच्चिकै एप्पलले नेटफ्लिक्स अधिग्रहण गरेमा कम्पनीले हाल भएको नगदको केबल एक तिहाई रकम मात्र खर्च गर्ने पुग्ने रिपोर्टहरुमा उल्लेख छ ।


क्लिकमान्डु