हरेक १५ दिनमा पेट्रोलियम पदार्थको मूल्य बढाउँदै निगम, भन्छ अझै २६ करोड घाटा



काठमाडौं । नेपाल आयल निगमले सबै पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । इन्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मूल्य अनुसार निगमले पेट्रोल, डिजल र मट्टितेलमा क्रमश एक/एक रुपैयाँ मूल्य बढाएको हो । सोमबार रात्री १२ बजेबाट लागू हुनेगरी तेलको मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

नयाँ मूल्यपछि पेट्रोल लिटरको १ सय २ रुपैयाँ र डिजल तथा मट्टितेल लिटरको ७९ रुपैयाँ पुगेको छ । हवाइ इन्धन आन्तरिकतर्फ तीन रुपैयाँ मूल्य बढेर ९० रुपैयाँ कायम भएको छ । एलपीजी ग्यास प्रतिसिलिण्डर २५ रुपैयाँ मूल्य बढेको छ । उपभोक्ताले एक सिलिण्डर ग्यासको १ हजार ३ सय ७५ रुपैयाँ तिर्नुपर्नेछ ।

कुनमा नाफा/घाटा कति ?
नयाँ मूल्यपछि पनि निगमको नोक्सानी २६ करोड ४० लाख रुपैयाँ रहेको निगमका प्रवक्ता विरेन्द्र गोइतले जानकारी दिए । निगमका अनुसार मूल्य बढेसंगै पेट्रोलबाट निगमले प्रतिलिटर २ रुपैयाँ ६७ पैसा नाफा हुने छ ।

त्यस्तैगरी डिजेलमा भने १ रुपैयाँ ७४ पैसा घाटा रहेको छ । भने मट्टितेलमा १५ रुपैयाँ २७ पैसा नाफा रहेको छ । निगमका अनुसार सवैभन्दा घाटा २५ रुपैयाँ प्रतिसिलिन्डर मूल्य बढाइएको एलपी ग्याँसमा रहेको छ । जसका २ सय २६ रुपैयाँ ७७ पैसा घाटा रहेको छ । त्यस्तैगरी हवाई ईन्धनमा प्रतिलटिर १२ रुपैयाँ ८३ पैसा नाफा रहेको छ ।


क्लिकमान्डु