चीनले बनायो पहिलो सोलार हाइवे, बिजुली उत्पादन र सवारी साधन दुवै चल्ने (भिडियो सहित)



काठमाडौं । राजमार्ग कति प्रकारका हुन्छन् ? आम मान्छेलाई तपाईले सोध्नु भयो भने सहजै उत्तर आउँछ । कोही द्रूत राजमार्ग होलान त कोही सामान्य खालका । प्रविधिको विकास सँग सँगै अनेकन प्रकारका राजमार्गको विकास गर्न थालिएको छ ।

समाचारमा जनाइएअनुसार चीनमा अब विद्युतीय राजमार्ग निर्माण सम्पन्न भएको जनाएको छ । चीनका समाचार माध्यमहरुले दिएको जानकारीअनुसार चीनले बनाएको राजमार्गमा अब विद्युत् उत्पादन हुने छ ।

विद्युतीय राजमार्ग नाम दिइएको उक्त राजगर्मामा सवारी साधन पनि चलाउन मिल्नेछ भने विद्युत् उत्पादन पनि हुनेछ ।

चिनियाँ समाचार माध्यम सिसिटिभीकाअनुसार चीनले अभूतपूर्व प्रविधिको प्रयोग गरेर विद्युतीय राजमार्ग बनाएको हो । उक्त राजमार्गले ५ हजार ८७५ स्वायर मिटर ओगटेको छ ।

चीनले उक्त राजमर्गालाई संसारकै पहिलो सोलार राजमार्गको नाम दिएको छ ।

१ किलोमीटर लामो यो राजमार्गले बिजुली उत्पादन गर्नेछ । चिसो मौसममा पनि यो राजमार्गले त्यहाँ जमेका हिउँ पगाल्ने हैसियत राख्छ ।

राजमार्गले विद्युतीय सवारीसाधनको पनि चार्ज गर्नेछ । पुर्वी चीनको शेनडोन्ग प्रान्तको राजधानी जिनानमा बनेको यो राजमार्गको परीक्षणका लागि यातायातका साधन खुल्ला गरिएको छ ।

सोलर राजमार्ग तीन लेयरमा बनाइएको छ । यसमा ट्र्यासलूसन्ट कं‌क्रिट, सिलिकन प्यानल्स र इन्‍सुलेशनको प्रयोग गरिएको छ ।

यो राजमार्गबाट एकै वर्षमा १० मिलियन अर्थात १ करोड किलोवाट बिजुली उत्पादन हुनेछ । त्यसले सोलर स्ट्रिट लाइटलाई पनि बिजुली आपूर्ति गर्नेछ ।

चीनले भविष्यमा यसै राजमार्गमार्फत विद्युतीय सवारीसाधन चार्ज गरिने जनाएको छ । यसका लागि राजमार्गबाट निस्कने बिजुलीलाई चार्जिङ स्टेशनमा आपूर्ति गर्नेछ ।

उक्त राजमार्गले सामान्य राजमार्ग भन्दा १० गुणा धेरै भार थाम्ने चिनियाँ सञ्चार माध्यमको दावी छ । यसको लागत प्रतिस्क्वायर मिटर ४० हजार नेपाली रुपैयाँ अर्थात ४५८ डलर रहेको छ ।

सोलार राजमार्ग निर्माणमा अहिले फ्रान्स, नेदरल्यान्ड जस्ता देश पनि लागेका छन् ।


क्लिकमान्डु