बह्मपुत्र नदीको तथ्यांक दिन किन बन्द गर्यो चीनले ?




काठमाडौं । चीन, भारत र बंगलादेशको साझा नदीका रुपमा प्रचारित बम्ह्पुत्र नदीको बहाव तथा हाइड्रोलोजिकल डेटा उपलब्ध हुन छाडेपछि भारतमा विभिन्न खालका संसयहरु पैदा भएका छन् ।

चीन सरकारले विगत केही समयदेखि सो नदीको बहाव तथा बाढीका सम्बन्धमा कुनै पनि तथ्यांक भारतलाई उपलब्ध गराएको छैन ।

बिबिसिमा प्रकाशित एक भिडियो रिपोर्टमा भनिएको छ – चीनले भारतलाई नदीको विवरण दिन छाडेपछि अब के गर्ने भन्ने सम्बन्धमा फरक विकल्पहरुको खोजी हुन थालेको छ ।

तर, त्यस्तो विवरण भने चीनले बंगलादेशलाई उपलब्ध गराइरहेको उक्त विवरणमा उल्लेख छ । त्यसो त चीनले बह्मपुत्रको बहाव नै परिवर्तन गरेर उत्तर तर्फ बहाउन थालेको भारतीय आरोप छ ।

उत्तरपूर्वी भारतका लागि ब्रह्मपुत्र नदी जीवनाधार भएको भन्दै उक्त रिपोर्टमा भनिएको छ – तर वर्षातको बेला सो नदीले धनजनको ठूलो क्षति गर्ने उक्त नदीको कति महत्व छ भन्नेमा स्वयम् स्थानीयलाई नै थाहा छ ।

कुल १ हजार ४५० किलोमिटर लामो उक्त नदीका बारेमा पटक पटक विवाद पनि हुन गरेको छ । सो नदीबाट भारतमा मात्रै करिब १२ हजार मेगावाट विद्युत् उत्पादन गर्न सकिने बताइएको छ ।

यो नदीको उद्गमस्थल रहेको चीनले गत सेप्टेम्बर महिनादेखि नै भारतलाई नदीको जलप्रवाहबारेको तथ्याङ्क दिन बन्द गरीदिएको बताउँदै आएको छ । त्यसयता त्यहाँका मानिसमा कुनै पनि बेला बाढी आउनसक्ने चिन्ता छाएको उक्त विवरणमा उल्लेख छ ।

बह्मपुत्र नदीको बहावका विषयलाई लिएर चीन र भारतकाबीचमा बेला बेला चर्को विवाद हुँदै आएको छ । भारतको आसाम सरकारले पछिल्लो समयमा तथ्यांक उपलब्ध हुन छाडेपछि चीनसँग कुरा गर्न केन्द्र सरकारलाई अनुरोध गरिसकेको छ । तर, त्यसपछि के प्रगति भयो सोको बारेमा कुनै पनि जानकारी हालसम्म प्रकाशमा आएको छैन ।

केही समय अघि मात्रै साम्य भएको दोक्लम विवादका कारण चीन र भारतकाबीचमा न्यायो सम्बन्ध नभएको टिप्पणी पनि भइरहेको छ । युद्धको मुखमा पुगेका दुर्इृ देश कुटनीतिक पहलपछि सामान्य अवस्थामा फर्केको अन्तर्राष्ट्रिय सञ्चार माध्यमको टिप्पणी छ ।

तिब्बतको चेमायङदुङ हिमनदीबाट सुरु हुने सो नदी कैलास पर्वतको ठिक उत्तरबाट चीनको तिब्बत हुँदै भारतको अरुणाञ्चल, आसाम हुँदै बंगलादेशबाट बंगालको खाडीमा प्रवेश गर्दछ । कुल १ हजार ४५० किलोमिटर लामो उक्त नदीका बारेमा पटक पटक विवाद पनि हुन गरेको छ । सो नदीबाट भारतमा मात्रै करिब १२ हजार मेगावाट विद्युत् उत्पादन गर्न सकिने बताइएको छ । सो सम्बन्धमा केही प्रयास भएको भनिएपनि पूर्ण रुपमा सार्थक प्रयास भने भएको छैन ।

चीनले जेम हाइड्रोपावर स्टशेन बनाएर बम्हपुत्र नदीको बहाव नियन्त्रणको प्रयास गरेको छ । सोही बाँधलाई लिएर भारतले समय समयमा आपत्ति प्रकट गर्दै आएको छ । उसले भनेको छ- यो नदी फर्काउने चीनको साजिस हो ।


क्लिकमान्डु