संसारकै ठूलो विमान ‘कुनलङ’ले भर्यो उडान, आकास र पानी दुबै ठाँउमा उडाउन सकिने



काठमाडौं । चीनले विश्वकै ठूलो एंफिबियस विमान बनाएको छ । विमानले आइतबार मात्रै पहिलो उडान भरेको छ । एंफिबियस विमानको नाम कुनलङ राखिएको छ । यो विमानले दक्षिण–चीन सागरको विमानस्थलमा आइतबार आफ्नो पहिलो उडान भरेको छ । उडान पनि सफल भएको बताइएको छ ।

विमान ३९.६ मिटर लामो भएको एभियसन इन्डस्ट्रि कर्पोरेसन अफ चाइना (एभीआईसी) ले जनाएको छ ।

विमानको पंखाको लम्बाई ३८.८ मिट छ । चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार विमान विश्वकै ठूलो एंफिबियस विमान हो । विमानको निर्माण २०१५ को जुलाई १७ मा सुरु भएको २०१५ मा सार्वजनिक भएको सूचनाले जनाएको थियो ।

विमानलाई आकासमा उडाउनुका साथै पानीमा पनि प्रयोग गर्न सकिन्छ । एजी-६०० विमान आफ्नो अधिकतम वजन तथा उडान क्षमताका कारण विश्वका अन्य एंफिबियस विमानको तुलनामा राम्रो भएको चीनले जनाएको छ ।


क्लिकमान्डु