बजारमा पैसा फालाफाल, राष्ट्र बैंक भन्छ-३२ अर्ब तरलता बढी छ




काठमाडौं । स्थानीय तथा प्रदेश र प्रतिनिधिसभा निर्वाचनको लागि बैंकिङ प्रणालीबाट एकै पटक बाहिरिएको पैसा प्रणालीमा आउन थालेको छ । एकै पटक धेरै रकम बाहिरिदा लगानीयोग्य रकम (तरलता) अभावमा परेका केही बैंकहरुलाई भने पछिल्लो अबस्थाले सहजता प्रदान गरेको छ ।

नेपाल राष्ट्र बैंकले अहिले बैंकिङ प्रणालीमा तरलता अभाव नरहेको स्पष्ट पारेको छ । तरलतामा सहजता आएसँगै बैंकहरुको निक्षेप -कर्जा -पुँजी अनुपात (सीसीडी रेसियो) मा समेत सुधार आएको राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले जानकारी दिए ।

‘बैंकिङ प्रणालीमा तरलता अभाब छैन, पुस ७ गते बैंक तथा वित्तीय संस्थाहरुमा आवश्यकताभन्दा करिब ३२ अर्ब रुपैयाँ अधिक तरलता देखिएको छ,’ प्रवक्ता पौडेलले भने ।

तरलता अभावको समस्या सामाधान भएसँगै बैंक तथा वित्तीय संस्थाहरुको सीसीडी रेसियोमा पनि सहजता आएको छ । केही समय अगाडिसम्म ‘टाइट पोजिसन’मा रहेका बैंक तथा वित्तीय संस्थाहरुलाई अहिले सहजता भएको हो ।

बजारमा पर्याप्त तरलता भएपनि केही बैंकहरुलाई भने अझै तरलताको समस्या छ । नयाँ तथा पोर्टफोलियो सानो भएका बैंकहरुलाई अझै तरलता सहज नभएको हो ।

अहिले बैंकिङ क्षेत्रको सीसीडी रेसियो ७६ देखि ७७ प्रतिशत रहेको राष्ट्र बैंकले जानकारी दिएको छ । राष्ट्र बैंकले यस्तो रेसियो ८० प्रतिशतभन्दा बढी हुन नहुने भनेको छ ।

बजारमा पर्याप्त तरलता भएपनि केही बैंकहरुलाई भने अझै तरलताको समस्या छ । नयाँ तथा पोर्टफोलियो सानो भएका बैंकहरुलाई अझै तरलता सहज नभएको हो ।

यस्ता बैंक तथा वित्तीय संस्थाहरुलाई तरलता अभाव भएकै कारण अन्तर बैंक कर्जाको ब्याजदर भने करिब ५ प्रतिशतकै हाराहारीमा छ । गत पुस ७ गते अन्तर बैंक ब्याजदर ४.३३ प्रतिशत रहेको राष्ट्र बैंकका प्रवक्ता पौडेलले जानकारी दिए ।


क्लिकमान्डु