एभरेष्ट बैंकको ५ लाखको दुर्घटना र एक लाखको स्वस्थ्य बीमासहित ‘एभरेष्ट स्पेशल सेभिङ’



काठमाडौं । एभरेष्ट बैंकले ‘एभरेष्ट स्पेशल सेभिङ’ नामक नयाँ निक्षेप खाता संचालनमा ल्याएको छ । ५ लाख रुपैयाँ बराबरको दुर्घटना मृत्यु बीमा र एक लाख रुपैयाँ बराबरको औषधी उपचार बीमा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

नयाँ सेवाको शुभारम्भ आज बिहिबार बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठले एक कार्यक्रमका बिच गरे । बैंकले यो स्किममा खाता खोल्ने ग्राहकलाई निःशुल्क डबिट कार्ड, इन्टरनेट र एसएमएस सुबिधासमेत दिने जनाएको छ ।

साथै कुनै पनि ब्रान्चबाट कारोवार, डिम्याट एकाउन्ट र लकर सुविधामा ५० प्रतिशत छुट र ४ प्रतिशत आर्कषक ब्याजदरमा क्रेडिट कार्डसमेत उपलब्ध गराउने जनाएको छ ।

हाल बैंकले आफ्नो अत्याधुनिक सेवा देशभर फैलिएर रहेका ६४ शाखा, २ वटा एक्स्टेन्सन काउन्टर, २६ राजस्व संकलन केन्द्र, ९४ एटिएम मेसिन र ५ हजार एभरेष्ट रेमिटका भुक्तानी एजेण्टहरु मार्फत सेवा दिदै आएको छ ।


क्लिकमान्डु