एनआईसी एशियाले खोल्यो बाजुराको मार्तडीमा नयाँ शाखा



काठमाडौं । एनआईसी एशिया बैंकले सक्षमसंगको सहकार्यमा बडीमालिका नगरपालिका वार्ड नं. ८, मार्तडीमा साउन २२ गतेदेखि बैंकको नयाँ शाखा सञ्चालनमा ल्याएको थियो । उक्त शाखा कार्यालयको हिजो मंगलबार पुस ४ गते नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलले एक समारोहका बिच उद्घाटन गरे ।

उक्त समारोहमा बडीमालिका नगरपालिकाका मेयर पदम बडुवालसमेत बिषेश अतिथिकोरुपमा उपस्थित थिए ।
“साथी सँगै सक्षम बन्दै” भन्ने नाराका साथ अगाडी बढाईएको यस सहकार्यबाट एनआईसी एशिया बैंकले अङ्गिकृत गरेको “बैंक पनि, साथी पनि” भन्ने नारा अझ जनप्रिय बन्ने विश्वास बैंकले लिएको जनाएको छ ।

बैंकले मार्तडी शाखाको अतिरिक्त उक्त जिल्लामा थप ३ वटा शाखारहित बैंकिङ्ग सेवा स्थापना गर्नेछ । सक्षम यु. के. एड द्वारा संचालित एक्सेस टू फाइनान्स कार्यक्रममा आधारित डि एफ आई डि नेपालको लुईस बर्जरको कार्यक्रम हो । यसले नेपालका विभिन्न स्थानिय तथा अन्तराष्ट्रिय संघ संस्थाहरुसँगको साझेदारीमा नेपालमा कार्य गरिरहेको छ ।


क्लिकमान्डु