मल अभावले किलोमा ५० रुपैयाँ बढी मूल्य तिर्दै किसान
राजविराज । सप्तरीमा गहुँ छर्ने बेलामा रासायनिक मलको अभाव भएको छ ।
राजविराजस्थित कृषि सामग्री केन्द्र लिमिटेडले आयात गरेर वितरण गर्नुपर्ने मल समयमा उपलब्ध नगराउँदा मलको अभाव भएको हो ।
कृषि सामग्री केन्द्र लिमिटेडले सहकारी संस्थामार्फत जिल्लाका किसानलाई मलखाद उपलब्ध गराउँदै आएको थियो । अहिले जिल्लामा युरिया र डिएपी मल उपलब्ध नगराउँदा किसान भारतीय बजार र राजविराजलगायतका बजारमा प्रतिकिलो ५० रुपैयाँ भन्दा बढी मूल्यमा मल किन्न बाध्य भएका राजविराजका कृषक पुरण साहले गुनासो गरे।
डिलरहरुले डिएपी मलखाद निर्धारित मूल्यभन्दा प्रतिबोरा ३ सय रुपैयाँदेखि ५ सय रुपैयाँ बढीमा बिक्री गर्ने गरेका छन् ।
कृषि सामग्री केन्द्र लिमिटेडले दुई/तीन दिनमा मलखाद बिक्री वितरण सहज हुने जनाएको छ ।