साढे १७ अंकले घट्यो नेप्से, ६६ करोडको कारोबार




काठमाडौं । नेपाल स्टक एक्सेन्ज (नेप्से) परिसुचक १७.५४ अंकले घटेको छ । मंगलबार नेप्से १५१०.२१ अंकमा अडेको छ ।

आज १ सय ४७ कम्पनीका ११ लाख ८० हजार कित्ता सेयर खरिद बिक्री भएका छन् । ६६ करोड ९२ लाख ११ हजार रुपैयाँको कारोबार भएको छ ।

बैंकिङ समूह १३.८२, ट्रेडिङ समूह ३.३, होटल समूह ४७.८३, विकास बैंक समूह २२.८१, जलविद्युत समूह ८.७८, वित्तीय समूह १.५२, बीमा समूह १६६.१७, अन्य समूह ७.५२ र माइक्रोफाइनान्स २०.६३ अंकले घटेका छन् ।

उत्पादन मूलक समूह ६.४२ अंकले बढेको छ ।

कावेली विकास बैंकका लगानीकर्ताले ८.६४ प्रतिशतले कमाएका छन् ।

राष्ट्रिय बीमा कम्पनी प्रमोटर सेयर र राष्ट्रिय बीमा कम्पनीका लगानी कर्ताले ५.८४ र ५.५७ प्रतिशतले गुमाएका छन् ।


पुष्प दुलाल