खोलामा लगानी गर्ने हो ? हाइड्रोको ६१ अर्बको आइपिओ आउँदै




काठमाडौं । देशका विभिन्न स्थानमा निर्माणाधिन जलविद्युत कम्पनीहरुले ६१ अर्ब रुपैयाँभन्दा बढीको साधारण सेयर (आइपिओ) जारी गर्ने तयारी गरेका छन् ।

आइपिओ जारी गर्नको लागि जलविद्युत कम्पनीले धितोपत्र बोर्डमा अनुमति माग्दै निवेदन दिएका हुन् । बोर्डले दिएको जानकारी अनुसार विभिन्न कम्पनीले गरी ६१ अर्ब १ करोड ५९ लाख ७७ हजार १ सय रुपैयाँको आइपीओ निष्काशनको अनुमति मागेका छन् ।

जलविद्युत कम्पनीहरले ६ करोड ११ लाख ५९ हजार ७ सय ७१ कित्ता आइपिओ जारी गर्न अनुमति मागेका हुन् ।

यसरी अनुमति माग्नेहरुमध्ये आँखुखोला जलविद्युत कम्पनीले ८ लाख कित्ता सेयर निस्कासनको अनुमति मागेको छ । सो कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि आइपिओ जारी गर्न लागेको हो ।

गज्र्याङ उपत्यका हाइड्रोपावरले २ लाख कित्ता आइपिओ जारी गर्न लागेको छ । सो कम्पनीले पनि आयोजना प्रभावित स्थानीयका लागि सेयर जारी गर्न लागेको बोर्डले जानकारी दिएको छ ।

यस्तै जोशी हाइड्रोपावर कम्पनीले स्थानीयका लागि ३ लाख ७१ हजार ४ सय कित्ता आइपिओ निष्काशन गर्दैछ ।

लाफिङ बुद्ध पावर नेपालले स्थानीयका लागि ९ लाख ७८ हजार कित्ता आइपिओ निष्काशन गर्दैछ भने युनिक हाइडेलले स्थानीयका लागि ५ लाख ५० हजार कित्ता आइपिओ निष्काशन गर्दैछ ।

सीइडीबी हाइड्रो फण्डले सर्वसाधरणका लागि २२ लाख ८९ हजार ३ सय कित्ता आइपिओ निष्काशन गर्दैछ ।

युनिक हाइड्रोपावरले स्थानीयका लागि ६ लाख ३३ हजार ७ सय ४५ कित्ता आइपिओ निष्काशन गर्दैछ । यस्तै, मैलुङखोला जलविद्युत कम्पनीले सर्वसाधरणका लागि ७ लाख ३६ हजार २ सय ८६ कित्ता आइपिओ निष्काशनको अनुमति माग्दै बोर्डमा निबेदन दिएको छ ।

गलेम्दी हाइड्रोले स्थानीयका लागि ५ लाख ५० हजार कित्ता आइपिओ निष्काशन गर्दैछ । यस्तै, माउन्ट हाइड्रो नेपालले स्थानीयकै लागि १२ लाख ५० हजार कित्ता आइपिओ निष्काशन गर्दैछ ।

राइर्याङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले ८ लाख ४० हजार कित्ता आइपीओ निष्काशन गर्दैछ । यो आइपिओ सर्बसाधारणको लागि हो ।

माथिल्लो तामाकोशी हाइड्रोपावरले २ करोड ६४ लाख ७५ हजार कित्ता आइपिओ निष्काशन गर्दैछ । उसले आयोजना प्रभावित स्थानीयका लागि १ करोड ५ लाख ९० हजार कित्ता र सर्वसाधारणका लागि १ करोड ५८ लाख ८५ हजार कित्ता आइपिओ निष्काशन गर्न अनुमति माग्दै बोर्डमा निबेदन दिएको हो ।

शुभम पावरले स्थानीयका लागि २ लाख कित्ता आइपिओ निष्काशन गर्दैछ भने रसुवागढी हाइड्रोपावरले १ करोड ६४ लाख २१ हजार ४० कित्ता आइपिओ निष्काशन गर्दैछ । रसुवा गढीले आयोजना निर्माण कम्पनीमा कार्यरत कर्मचारी, आयोजनाको लागि ऋण दिने कम्पनीका कर्मचारी तथा सो कम्पनीका सेयरधनी कम्पनीका कर्मचारीको लागि छुट्टयाइएको साधारण सेयर दिन लागेको हो ।

यस्तै सान्जेन जलविद्युतले ८७ लाख ६० हजार कित्ता आइपिओ निष्काशन गर्दैछ भने कालिका पावर कम्पनीले स्थानीयका लागि ६ लाख कित्ता आइपिओ निष्काशन गर्दैछ ।


पुष्प दुलाल