कुलप्याडका मोबाइल सस्तिए



काठमाडौं । क्रिसमस र नयाँ बर्षको उपलक्ष्यमा कुलप्याडले ३ वटा मोडलका स्मार्टफोनमा मुल्य घटाएको छ । कुलप्याडले कुलवान, नोट थ्री एस र एन एक्स वानमा सिमित अवधिका लागि मुल्य घटाएको जनाएको छ ।

कुलप्याडले स्मार्टफोनमा ३ हजार रुपैयाँदेखि १२ सय ३० रुपैयाँसम्म मुल्य घटाएको हो ।
कम्पनीले कुलवानमा ३ हजार रुपैयाँ घटाएको छ । कुलवानको बजार मुल्य ३० हजार ९ सय ९६ रुपैयाँ थियो । मुल्य घटेसँगै कुलवान २७ हजार ९ सय ९६ रुपैयाँमा उपलब्ध भएको छ ।

यस्तै, नोट थ्री एसमा २ हजार रुपैयाँ घटेको छ । नोट थ्री एस मुल्य २० हजार ९ सय ९६ रुपैयाँ थियो । नोट थ्री एस १८ हजार ९ सय ९६ रुपैयाँमा खरिद गर्न सकिने छ ।

एन एक्स वानमा कम्पनीले १ हजार २ सय ३० रुपैयाँ घटाएको छ । एन एक्स वानको मुल्य १० हजार २ सय २६ रुपैयाँ थियो । ग्राहकले ८ हजार ९ सय ९६ रुपैयाँमा एन एक्स वान खरिद गर्न सक्नेछन् ।


पुष्प दुलाल