सेयर बजारमा बाम गठबन्धनको बहुमत उत्साह टिकेन




काठमाडौं । नेपाल स्टक एक्सेन्ज (नेप्से) परिसुचकमा बाम गठबन्धनको बहुमत उत्साह टिक्न सकेन । कारोबारको सुरुवाती समयमा १५५६ सम्म पुगेको नेप्से १५३०.४९ अंकमा अडेको छ ।

आइतबार नेप्से ६.०५ अंकले घटेको छ ।

आज १ सय ५८ कम्पनीका १२ लाख १२ हजार कित्ता सेयर खरिद बिक्री भएका छन् । ८४ करोड ७० लाख ७० हजार रुपैयाँको कारोबार भएको छ ।

उत्पादन मूलक समूह ४०.२४ र अन्य समूह २.०३ अंकले बढेका छन् ।

बैकिङ समूह ३.७९, होटल समूह १४.७८, विकास बैंक समूह ५.४७, जलविद्युत समूह १३.७२, वित्तिय समूह ८.४५, बीमा समूह ७२.८२, र माइक्रोफाइनान्स २०.३४ अंकले घटेका छन् ।

बोटलर्स नेपाल (तराई)का सेयर धनीले १० प्रतिशतले कमाएका छन् ।

सेन्ट्रल फाइनान्सका सेयर धनीले ४.७१ प्रतिशतले गुमाएका छन् ।


पुष्प दुलाल