चुनाबी अपडेटः कहाँ को अगाडि ? कांग्रेसका ‘हाई प्रोफाइल’ कै कन्तबिजोक !



काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको मतगणना भइरहेको छ । अहिलेसम्म प्राप्त मतगणनाअनुसार एमाले र माओवादीको संयुक्त वाम गठबन्धनले अग्रता बढाएका बढायै छन् ।

बाम गठबन्धनको प्रष्ट बहुमत आउने प्रारम्भिक नतिजाले देखाइसकेको छ । अहिले जसरी नै परिणाम आइरहने हो भने बाम गठबन्धनको दुईतिहाई आउने देखिन्छ ।

कांग्रेसका हाई प्रोफाइल नेताहरुलाई नै चुनाब जित्न हम्मेहम्मे परेको देखिन्छ ।

देउवा पत्नी आरजु राणा पछाडि, एमालेका राना अगाडि

कैलाली क्षेत्र नम्बर ५ मा आरजु राणा देउवा बामगठबन्धनका नारदमुनी रानाभन्दा पछाडी परेकी छन् ।

प्रारम्भिक मतपरिणाम अनुसार आरजुले २२४ मत र बामगठबन्धनका उम्मेद्वार रानाले ३०७ मत प्राप्त गरेकी छन् ।

धनुषामा निधिभन्दा राजेन्द्र महतो अगाडि

धनुषा ३ नम्बर क्षेत्रको प्रारम्भिक मतगणना आएको छ ।

जस अनुसार राजपाका राजेन्द्र महतो ३३१५ मत ल्याउदै अगाडि छन् । महतोलाई कांग्रेसका विमलेन्द्र निधीले २२४२ मतले पछइरहेका छन् ।

झापा १ः राम कार्की अघिअघि, विश्वप्रकाश पछिपछि

झापा क्षेत्र नं. १ को प्रारम्भिक मतगणनामा कांग्रेसका नेता विश्वप्रकाश शर्मालाई माओवादीका नेता राम कार्कीले पछि पारेका छन् ।

बाम गठबन्धनका कार्कीले २४९४ मत ल्याएर अग्रता कायम गरिरकेका छन् भने कांग्रेसका विश्वप्रकाश शर्माले २०७३ मत ल्याएर पछ्याइरहेका छन् ।

चितवनमा प्रचण्डलाई बिक्रम पाण्डेले १६८ मतले उछिने

चितवनमा- ३ मा माओवादी अध्यक्षसमेत रहेका बाम गठबन्धनका उम्मेद्वार प्रचण्डलाई लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार बिक्रम पाण्डेले पछि पारेका छन् ।

सुरुको १०० मतमा ८१ मत ल्याउन सफल भएका प्रचण्ड अहिले ९० मतले उछिनेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार बिक्रम पाण्डेले २७६ मत ल्याएका छन् भने प्रचण्डले १८६ मत ल्याएका छन् ।

पछिल्लो अपडेट अनुसार १००० मत गन्दा बिक्रम पाण्डेले ५५१ मत प्राप्त गरेका छन् भने प्रचण्डले २८३ मत प्राप्त गरेका छन् । जसअनुसार पाण्डे प्रचण्डभन्दा १६८ मतले बिक्रम अगाडि छन् ।

काठमाडौं ४ मा गगन थापाले लिए अग्रता

काठमाडौं क्षेत्र नम्बर ४ को मतपरिणाममा नेपाली कांग्रेसका गगन थापाले अग्रता लिएका छन् ।

मतगणनाको सुरुवातदेखि अग्रता लिएका एमालेका राजन भट्टराई थापाले १५मतले पछाडी परेका हुन् ।

पछिल्लो मतपरिणाम अनुसार कांग्रेस थापाले ४२०७ मत र एमालेका भट्टराईले ४१९२ मत प्राप्त गरेका छन् ।

मोरङ ४ मा महेश आचार्य पछाडि

प्रतिनिधिसभामा मोरङ क्षेत्र नम्बर ४ को पछिल्लो मत गणनामा नेपाली कांग्रेसका महेश आचार्य पछाडि परेका छन्।

उनलाई माओवादी केन्द्रका उम्मेदवार अमनलाल मोदीले पछि पारेका हुन् । पछिल्लो मत परिणाम अनुसार मोदीले ३ हजार ९ सय ९९ मत ल्याएका छन् भने आचार्यले २ हजार ५ सय ८९ मत प्राप्त गरेका छन्।

समग्रमा महेश आचार्य १ हजार ४१० मतले पाछाडि परेका छन् ।

झापा ३: कृष्णा सिटौला पछाडि, दोब्बर मतले लिङ्देन अगाडि

झापा क्षेत्र नम्बर ३ मा आएको सुरुवाति मतपरिणाम अनुसार नेपाली काँग्रेसका नेता कृष्ण सिटौला राप्रपा नेता राजेन्द्र लिङ्देन भन्दा दोब्बर मतले पछाडि रहेका छन् ।

निकै चर्चामा रहेको यो क्षेत्रमा लिङ्देन बाम गठबन्धनको सहयोगमा निर्वाचन लडेका थिए । उनले ६५७ मत ल्याउँदा कांग्रेस नेता सिटौलाले ३२३ मत ल्याएर पछ्याइ रहेका छन् ।

रुपन्देही २ मा बिष्णु पौडेल दोब्बर मतले अगाडि

रुपन्देही २ को प्रारम्भिक मतगणना सार्वजनिक भएको छ ।

प्रारम्भिक मतगणना अनुसार नेकपा एमालेका बिष्णु पौडेले कांग्रेसका उम्मेद्वारभन्दा दोब्बर मतले अगाडि रहेका छन् ।

पौडेलले ७३२ मत प्राप्त गरेका छन् । यस्तै कांग्रेसका युवराज गिरीले ३७१ मत प्राप्त गरेका छन् ।

बर्दिया १ मा दोब्बर मतले एमाले उपाध्यक्ष बामदेव गौतम अगाडि

बर्दिया १ को प्रारम्भिक मतगणनाको नतिजा आएको छ । बर्दिया १ मा एमाले उपाध्यक्ष बामदेव गौतम प्रतिस्पर्धीभन्दा दोब्बर मतले अगाडि छन् ।

बामदेव गौतमले १५०० मत ल्याएका छन् । यस्तै कांग्रेसका नेता वर्तमान सिँचाईमन्त्री संजय गौतमले ८ सय मत प्राप्त गरेका छन् ।

मोरङ ६ मा शेखर कोइरालाभन्दा लालबाबु पन्डित अगाडि

मोरङको निर्वाचन क्षेत्र नं. ६ को प्रारम्भिक मतगणनामा एमालेले अग्रता लिएको छ । एमालेका उम्मेद्वार लालबाबु पण्डितले कांग्रेसका उम्मेद्वार शेखर कोइरालालाई झन्डै ४ सय मतले उछिनेका छन् ।

अहिलेसम्मको मतगणना अनुसारएमालेका पण्डित २६२४ मत प्राप्त गरेका छन् भने कांग्रेसका कोइरालाले २२८६ मत प्राप्त गरेका छन् ।

ललितपुर १ मा एमालेका नवराज सिलवाल अगाडि

ललितपुर १ को प्रारम्भिक मतगणनामा एमालेका नवराज सिलवाल ४७७ मत सहित अग्रता लिएका छन् ।

उनी ६३ मतले प्रतिस्पर्धीभन्दा अगाडि छन् । पूर्वडिआईजी समेत रहेका सिलवाल निर्वाचन अगाडि एमाले प्रवेश गरेका थिए ।

उनलाई कांग्रेसका उदय शमशेर राणाले ४१४ पछ्याएका छन् ।

काठमाडौं ६ मा माओवादीका झक्कु सुवेदीको अग्रता, कांग्रेसका भीमसेनदाश दोस्रो

काठमाडौं क्षेत्र नं। ६ को प्रारम्भिक मतगणनाअनुसार माओवादीका उम्मेदल्वार झक्कु सुवेदीले २ सय २८ मत ल्याएर अग्रता कायम गरेका छन् ।

कांग्रेसका तर्फबाट उम्मेद्वार रहेका रक्षामन्त्री भीमसेनदाश प्रधानले २ सय मत ल्याएका छन् ।

झक्कु सुवेदीले २०६४ सालको निर्वाचनमा एमालेका तत्कालीन पार्टी प्रमुख माधव नेपाललाई जितेका थिए ।

 


पुष्प दुलाल