प्रारम्भिक मतगणनामा गगन थापा २ सय मतले पछाडि



काठमाडौं । काठमाडौं क्षेत्र नं. ४ को निर्वाचनको प्रारम्भिक मतगणनामा गगन थापा २ सय मतले पछि परेका छन् ।

एमालेका उम्मेद्वार राजन भट्टराईले कांग्रेसका उम्मेद्वार थापालाई २ सय मतले पछि पारेका हुन् ।

पछिल्लो परिणाम अनुसार गगन थापाले १०३९ र भट्टटाईको १२३९ मत छ ।

अहिले बुढानिलकण्ठ एरियाको मत गणना भइरहेको छ । स्थानीय चुनाबमा यो क्षेत्रमा एमालेले क्लिन स्वीप गरेको थियो ।


पुष्प दुलाल