काठमाडौं १ मा कांग्रेस पहिलो, साझा बिबेकशील दोस्रो, बाम तेस्रो



काठमाडौं । प्रतिनिधिसभाको निर्वाचनको सुरुवाती मतगणनामा काठमाडौं क्षेत्र नं. १ मा कांग्रेसले अग्रता लिएको छ । कांग्रेसका उम्मेद्वार प्रकाशमान सिंहले ९ सय ४० मत ल्याएका छन् भने साझा बिबेकशीलका उम्मेद्वार रविन्द्र मिश्रले ६ सय ७५ मत ल्याएका छन् ।

बाम गठबन्धनका उम्मेद्वार अनिल शर्माले २ सय ६८ मत ल्याएका छन् । अहिले वडा नं. ११  को मतगणना भइरहेको छ ।


पुष्प दुलाल